Sunday, July 7, 2013

पूर्वका मोडल हट र सेक्सी, भन्छन् ‘कथाले मागे अनुसार दिन्छौ’(फोटो फिचरसहित)

पूर्वका मोडल हट र सेक्सी, भन्छन् ‘कथाले मागे अनुसार दिन्छौ’(फोटो फिचरसहित)



 नेपालमा मोडलिङको बिकाससँगै पूर्वमा पनि त्यसको प्रभाब बढेको छ । राजधानी केन्दि्रत मोडलिङ पेशा अहिले पूर्वको धरान, दमक, उर्लाबारी, बिराटनगर, बिर्तामोड लगायत शहरहरुमा पनि फस्टाइरहेके छ । पूर्वको मोडलिङले राजधानीलाई चुनौती दिएको छ । चलचित्र देखि मोडलिङ पेशामा स्थापित नायिका तथा मोडलहरुलाई छोड्ने हो भने पनि पूर्वमा नयाँ मोडलहरु उदाउने क्रम बढ्दो छ । छोटो समयममा लोकपि्रय हुने भएका कारण पनि मोडलिङमा बिशेष गरी युवतीहरुको आकर्षण बढेको देखिन्छ ।

ग्रामिण भेगमा पनि मोडलिङ प्रतियोगिता हुनुले झ्नै मोडलिङमा लाग्न नयाँ पुस्तालाई प्रेरित गरेको छ । केही नयाँ मोडलहरुले कथाले मागे अनुसार खुल्ने बताउँछन् भने कति समाजले पचाउनेसम्म मात्र दृश्य दिने बताउछन् । पूर्वमा सामान्य बजेटका फिल्मसँगै म्यूजिक भिडियोहरु बन्न थालेपछि त मोडलहरुको संख्या बृद्धी भईरहेको छ । कोही छोटो समयमै चर्चा कमाउने यो क्षेत्रमा आएका छन् भने कोही करिअर नै सोचेर आएका छन् । मोडलिङ भन्ने बित्तिकै समाजले पहिले नराम्रो नजरले हेर्न गरेको भएपनि अहिले आएर यसलाई सामान्य रुपमा लिन थालिएको छ । पूर्वको मोडलिङ क्षेत्र पनि ग्ल्यामरस तथा हट बन्दै गएको छ । पूर्वाञ्चलमा हुने मिस पूर्वाञ्चल जस्ता प्रतियोगिताले मोडलिङमा आउन चाहनेहरुलाई पूलको रुपमा काम गर्दै आएका छन् । नेपाली चलचित्रहरु अश्लिल बन्न थालेपछि पूर्वको मोडलिङ पनि हट बन्न थालेको पूर्वेली निर्देशक लाखमान योन्जनको भनाई छ ।आधा दर्जन बढी म्यूजिक भिडियोहरुमा अभिनय गरिसकेकी इटहरीकी जेनि क्षेत्री ग्ल्यामर दुनियाँमा स्थापित हुने योजना रहेको बताइन् । जेनीले समन्ता, मिसन ब्याक लगायत टेलिश्रृखलामा पनि अभिनय समेत गरिसकेकी छिन् भने एक दर्जन पूर्बेली फिल्म र भोजपुरीमा पनि अभिनय गरिसकेकी छिन् । ग्ल्यामर रुपमा प्रस्तुत हुन रुचाउने जेनीले भनिन्-’कथाले मागे अनुसार खुल्ने सोच छ । समयको माग अनुसार टङकिस, बेडसिन दिन कुनै आपत्ती नभएको उनले बताईन् ।मोडलिङ ब्यक्तित्व बिकासको आगि आवश्यक अभिन्न अंग भएको उनको बुझाई रहेको छ । मिस लिम्बुमा मिस फोटोजेनिक भएकी मोरङ उर्लाबारीकी अनिता लिम्बु समाजले पचाउने सम्म खुल्ने सोचाईमा रहेकी छिन् । ‘मोडलिङ ब्यक्तित्व बिकासको ऐना हो’ उनले भनिन् । उर्लाबारीकी नायिका तथा चर्तित मोडल हरिशा बाँनियाले मोडलिङ क्षेत्रमै लागेर बाँच्ने आधार तयार हुदैं गएको बताइन् । मोडलिङ क्षेत्रमा लाग्न थुप्रै सम्झौता गर्नु पर्छ भनिन्छ नि भन्ने प्रश्नमा उनले भनिन्- ‘प्रतिभा छ भने कुनै पनि सम्झौता गर्नुपर्छ जस्तो मलाई लाग्दैन ।’झापा भद्रपुरकी जस्मीन श्रेष्ठले कथाले माग्यो भन्दैमा समाजलाई नपच्ने खालको दृष्य दिन नसकिने बताइन् । समाजले अझैसम्म पनि मोडलिङलाई नकारात्मक रुपमा लिने गरेको उनको भनाई छ । पथरीकी ईशा गुरुङ पनि चर्चित मोडल बढ्ने योजनामा छिन् । कथा अनुसार ग्ल्यामर रुपमा प्रस्तुत हुने उनको सोचाई छ । धरानकी खुसी राईले पनि ग्ल्यामर रुपमा प्रस्तुत हुने धारणा राख्छिन् ।

No comments:

Post a Comment