Monday, July 8, 2013

विश्वकै ठूला पाइताला भएका पुरुषले भेटे सबैभन्दा होँची महिला (फोटोफिचर सहित)

1
विश्वमा सबैभन्दा ठूलो आकारका पाइताला भएका मोरक्कोका ब्राहिम टाकिउल्लाह र विश्वकी सबैभन्दा होँची महिला भारतकी ज्योति अम्गेबीच भेट भयो । उनीहरुबीच भेटघाट मात्र भएन मज्जाको फोटोसेसन पनि चल्यो ।
१ फिट ३ इन्च लामा पाइताला भएका ३१ वर्षे ब्राहिम र केवल २ फिट अग्लो सरीर भएकी १९ वर्षकी ज्योतीले खिचाएका तस्वीर हेर्दा ब्राहिमका खुट्टा सामु ज्योतिको जिउ समेत निकै सानो प्रतित हुन्छ ।
1
ब्राहिम विश्वका सबैभन्दा लामा पाइताला भएका व्यक्ति मात्र होइनन् विश्वका दोश्रो अग्ला व्यक्ति हुन् जसको उचाई ८ फिट १ इन्च छ ।
उनीहरुबीचको यो अनौठो फोटोसेसन वास्तवमा एउटा नयाँ कामका लागि जुराइएको थियो । विश्वका मानिसहरुको पाइतालाको तस्वीरको सबैभन्दा वृहत संग्रह तयार पार्ने अभियान अमेजिङ फिट च्यालेन्जका लागि सबैभन्दा ठूलो तथा सबैभन्दा सानो पाइताला भएकी यी दुइको तस्वीर पनि खिचिएको हो ।
11
यो अभियान अन्तरगत ५० हजार जोडी पाइतालाका तस्वीर संग्रह गरी गिनिज बुकमा नाम लेखाउने लक्ष्य राखिएको छ । निम्न लिंकमा गएर आफ्ना पाइतालाका तस्वीर समेत समावेश गर्न सकिने बताइएको छ ।
- See more at: http://www.onlinekhabar.com/2013/07/91435/#.Udq2uygx0ts.facebook

No comments:

Post a Comment