Wednesday, July 10, 2013

यसरि पटक पटक दबाबमा भएको यौन शोषणका कारण गर्भ रहेपछी

यसरि पटक पटक दबाबमा भएको यौन शोषणका कारण गर्भ रहेपछी



सिरहा, असार २६ ।
सिराहमा एक युुवकले किशोरीमाथी पटक पटक यौन शोषण गरेर गर्भ रहे पछी  बिबाद उत्पन्न भएको छ । केटा पक्षको परीवारले युवतिलाई स्वीकार्न नमाने पछी बिबाद उत्पन्न भएको हो ।
सिराहका प्रमेश्वर साहले एककिशोरीलाई दवावमा पटकरपटक यौन शोषण गरेपछि गर्भ रहेको तथ्य सार्वजनिक भए पछी उनका आफन्तले युवतीलाई स्वीकार्न नमानेका हुन् ।
विवाद बढ्दै गएपछि सो विषय प्रहरी समक्ष पुगेको छ । उजुरी परे पछि मंगलबार प्रमेश्वरलाई प्रहरीले पक्राउ पनि गरिसकेको छ ।
लालपुर–१ का शत्रुधन साहका २२ वर्षीया छोरा प्रमेश्वरले स्थानीय १४ वर्षीया किशोरी ममता साह ९नाम परिवर्तन०लाई ५ महिनादेखि पटकरपटक यौनशोषण गरेको प्रहरीले जनाएको छ ।
ममताको शारीरिक बनावटमा परिवर्तन आएपछि स्थानीयले स्वास्थ्यकर्मीसँग उनको जाँच गराएका थिए ।
जाँच गराउँदा ममताको कोखमा करीव पाँच महिनाको गर्भ रहेको पत्ता लागेको थियो ।
गर्भको चेकजाँच पछि बच्चा रहेको खुलासा भए पछि ममताले प्रमेश्वरसँगको यौनसम्बन्धका बारेमा जानकारी दिएकी हुन् ।प्रमेश्वरले गर्भ रहेको कुरा कसैलाई नभन्न दबाव दिँदै आएको उनले बताएकी छिन्  ।
प्रमेश्वरले युवतिलाई ‘हामीबीचको यौनसम्बन्ध कसैलाई नभन्नु,’ भने भने ज्यान मार्ने धम्की दिएकाले उनले कसै संग नभनेको बताएकी छिन्।
ममता गोलबजारस्थित जनता नमूना उच्च माध्यमिक विद्यालयमा कक्षा–७ मा अध्ययनरत छिन् । प्रमेश्वरले सरमुकामस्थित क्याम्पसमा विएससी तेश्रोवर्षमा अध्ययन गरिरहेका छन् ।
प्रमेश्वरले ममतासँग पहिलो पटक भैंसी चराउन गएका बेला खेतमा जवरजस्ती यौनसम्पर्क गरेका थिए । त्यस पछि उनले ममतालाई डरधम्की दिँदै पटक–पटक यौनशोषण गरेका हुन् ।

No comments:

Post a Comment