Wednesday, July 3, 2013

चार दिनपछि खसी काटेर किरिया तोडियो


चार दिनपछि खसी काटेर किरिया तोडियो
 मृत्युको खबरसँगै घरपरिवारले काजक्रिया सुरु गरेको चार दिनमा मृतक भनिएका व्यक्ति घर आइपुगेपछि घरका मान्छेमा जति उत्साह छायो त्यति नै विस्मात पनि देखियो। आफन्तको मृत्युको खबरपछि परिवारले काजक्रिया शुरु गरे। ४ दिन पनि वित्यो। तर मृतक भनिएको व्यक्ति चार दिनपछि जीवितै टुप्लुक्क घर फर्किएपछि घरपरिवार विस्मात र खुसी एकै पटक देखियो। किरिया गरेकोमा विस्मात देखिएका उनीहरु आफन्त सकुसल आएकोमा त्यति नै प्रसन्न पनि भए। किरिया बसेका उनीहरुले आफन्त आएपछि खसी काटेर भोज लगाए र ४ दिने क्रियाको अन्त्य पनि गरे। प्रसंग हो, रुकुम झुला गाविसका डिल्लीबहादुर ओलीको। केही दिनअघि भारतको उत्तरखण्ड बद्रीनाथ, केदारनाथ तथा गौरीकुण्डमा भिषण बाढी पैरोमा परेर जीवन गुमाएको खबर घर परिवारले पाएको थियो। अहिलेसम्म कामको सिलसिलामा त्यहाँ पुगेका कति नेपाली थिए र कति त्यस बाढीमा परे भन्ने यकिन छैन। तर धेरै जसो मध्य तथा सूदुरपश्पिचका मानिसहरु बाढीमा परेको खबर आएको छ। घरमा मृत्युको खबर आएपछि ओलीले हिमाञ्चल प्रदेशबाटै आफू जीवित रहेको भन्दै फोन गरेका थिए तर घरपरिवारले विश्वास गरेनन्। तर आफू नमरेको पुष्टी गर्न उनि घरनै आउनुपर्‍यो। ओली भिषण बाढीबाट बचेर फर्किदा घरपरिवार र गाउँमा खुशीयाली छाएको मानव अधिकारकर्मी विनोद केसीले जानकारी गराउनुभएको छ।

No comments:

Post a Comment