Friday, July 5, 2013

नायिका बन्ने धुनमा रिया भन्छिन्: ‘सेक्स इज नोथिङ’


नायिका बन्ने धुनमा रिया भन्छिन्: ‘सेक्स इज नोथिङ’


बाँकेकी रिया श्रेष्ठ विगत १५ वर्षदेखि काठमाडौंमा छिन् । कलेजको अध्ययनको क्रममा काठमाडौं आएकी उनी मोडलिङ र चलचित्र क्षेत्र दुवै विधामा यतिबेला सक्रिय छिन् । विशेष गरेर सिनेमाको पर्दामा नायिका भएर देखापर्ने उनको तीव्र इच्छा क्रमश: पूरा हुँदै छ । यसै क्रममा अभिमन्यू, राजु राजा राम र मालतीको भट्टी नामक सिनेमामा सानोतिनो भूमिकामा देखापरेकी रियालाई अब चाँडै नायिकाको रूपमा भने बोस, तृष्णा, त्रास र जञ्जिरमा देख्न पाइनेछ । ० सिनेमाको हिरोइन बन्ने रहरचाहिँ किन आयो नि ?
– रहर मात्र होइन । यो क्षेत्रमा मनैदेखि लागेर केही गर्छु भन्ने इच्छा छ ।
० धेरै प्रतिस्पर्धा छ नि त । जम्न सकिएला ?
– म प्रतिस्पर्धादेखि डराउँदिनँ प्रतिस्पर्धा भए पो खारिन्छ ।
० अनि हिरोइन बन्न त निर्मातालाई खुसी पार्न सक्नुपर्छ भन्छन् नि ?
– अरूको बारेमा मलाई थाहा भएन । मैले अहिलेसम्म अभिनय गरेका फिल्ममा यस्तो अनुभव संगाल्नुपरेको छैन ।
० साँच्चै हो कि ढाँटेको… ?
– किन ढाँट्नु । सम्झौता गरेर सिनेमाकी हिरोइन बन्नु छैन मलाई ।
० आफू तरुनी भएको महसुस कुन उमेरमा भयो नि ?
– त्यस्तै २१–२२ वर्षको उमेरमा ।
० त्यो उमेरमा के हुँदोरहेछ नि ?
– कुनै राम्रो पुरुष देख्नासाथ मनमा तरङ्ग पैदा हुँदोरहेछ अनि उसैको बारेमा सोचिँदोरहेछ ।
० कुनै पुरुषसँग प्रेम ?
– पुरुषसँगको प्रेममाथि मलाई विश्वास लाग्दैन । किनकि मैले ठूलो चोट पाएकी छु ।
० आँखा लगाउने पुरुषहरू कत्तिका छन् ?
– मलाई आँखा लगाउने पुरुषहरू धेरै छन्, तर मैले आँखा लगाउने पुरुष भने अहिलेसम्म भेट्टाएकी छैन ।
० सेक्स के हो ?
– सेक्स इज नोथिङ तर त्यसलाई कुन रूपमा प्रयोग गर्ने हो त्यसमा भर पर्छ ।
० सेक्सको अनुभव ?
– जवाफ छैन यसको ? यो नितान्त व्यक्तिगत कुरा हो ।

No comments:

Post a Comment