Friday, July 5, 2013

मलेसियामा महिनादेखि एक नेपालीको शव अस्पतालमै


मलेसियामा महिनादेखि एक नेपालीको शव अस्पतालमै
रकम अभावमा शव नेपाल पठाउन समस्या
 मलेसियामा एकमहिना अघि अस्पतालमै उपचारका क्रममा ज्यान गुमाएका एक नेपालीको शव अस्पतालमै अलपत्र परेको छ । उपचारकै क्रममा ज्यान गुमाएका सल्यान छायाँ क्षेत्र-८ का विष्णुवहादुर खड्काको शव रकम अभावका कारण नेपाल पठाउन नसकिएपछि क्वालालम्पुर अस्पतालमा अलपत्र परेको हो । malaysia towerगएको मे १४ तारिखका दिन सेलाङरको तामान मेलावली भन्ने स्थानमा सडकमा अचेत अवस्थामा भेटिएका उनलाई एक नेपालीले अस्पतालमा ल्याएर उपचार गराएका थिए । १८ दिनसम्म आईसियुमा रहेर उपचार भैरहेको अवस्थामा उनको ज्यान गएको थियो ।

 अवैधानिक अवस्थामा रहेका कारण उनी कुन कम्पनीमा कार्यरत रहेका थिए भन्ने अहिलेसम्म खुल्न सकेको छैन । उनको उपचारमा लागेको खर्च र शवलाई नेपाल पठाउनको लागि आरएम ११ हजार (करीव तीन लाख ३० हजार) खर्च हुने भएपनि उक्त सहयोग रकम जुट्न नसक्दा शव नेपाल पठाउन नसकिएको हो । मलेसियामा रहेको सल्यानी सेवा समाज साथीहरु तथा अन्य नेपाली श्रमिकहरुवाट संकलित  रकम ३५ सय रिगेट उठेपनि वाँकी रकम कसरी जम्मा गर्ने हो भन्ने वारेमा समस्या परिरहेको सल्यानकै भुपेन्द्र वोहोराले वताए ।

 नेपालमा खड्काको परिवारको आर्थिकस्थिति कमजोर भएकाले शव झिकाई पाउ भनि निजको भाईले नेपालमा रहेको वैदेशिक प्रवर्द्धन वोर्ड, गृह मन्त्रालय र मन्त्रि परिषदका अध्यक्ष समेतलाई निवेदन दिएको भएपनि कतैवाट पनि सुनुवाई हुन सकेको छैन । क्वालालम्पुरमा रहेको नेपाली दूतावासले पनि अस्पतालमा लागेको रकम मिनाहा गरिदिनको लागि अस्पताललाई पत्र पठाएको भएपनि त्यसको कुनै जानकारी नआएको दूतावास श्रोतले दिएको छ । मृतककी श्रीमतीले शवलाई नेपाल पठाईदिनका लागि सहयोग गरिदिन सवैमा अनुरोध गरेकी छिन् । मृतक विष्णु ३७ महिना अगाडि मलेसिया आएको वुझिएको छ । मृतक विष्णुका २ छोरा र १ छोरी छन् ।

No comments:

Post a Comment