Thursday, July 4, 2013

जनकपुर चुरोट कारखानाका ७ सय ५८ कर्मचारीलाई अवकाश

जनकपुर चुरोट कारखानाका ७ सय ५८ कर्मचारीलाई अवकाश
सञ्चालक समिति विघटन, जिम्मेवारी उद्योग सहसचिवलाई


२० असार, काठमाण्डौ । सरकारले जनकपुर चुरोट कारखानामा कार्यरत सवै कर्मचारीलाई अबकाश दिएको छ । विहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको वैठकले विहीवारकै दिनदेखि लागू हुने गरी संस्थामा कार्यरत सवै सात सय ५८ जना कर्मचारीहरुलाई अबकाश दिएको हो । यस्तै वैठकले संस्थाको सञ्चालक समिति समेत विघटन गर्ने निर्णय गरेको छ ।janakpur churot karkhana

यसैगरी बैठकले संस्थालाई वैकल्पिक व्यवस्था गर्नका लागि उद्योग मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक समिति गठन गरिएको छ । वैठकले संस्थामा अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रालयका सहसचिवलाई कारखानाको महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय सूचना तथा सञ्चामन्त्री एवम् सरकारका प्रवक्ता माधवप्रसाद पौडलले जानकारी दिनुभयो ।

प्रवक्ता पौडेलका अनुसार मन्त्रिपरिषदको वैठकले सीप विकास परियोजनाका लागि एसियाली विकास बैंकले उलपब्ध गराउने करिब एक अर्ब ९० करोड रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । यसैगरी नेपाल भारत क्षेत्रीय व्यापार प्रवर्द्धनका लागि विश्व बैंकको आटिएबाट प्राप्त हुने ऋण तथा अनुदान रकम नौ करोड ९० लाख अमेरिकी डलरको सम्झौताका लागि अर्थ मन्त्रालयका सचिवलाई अख्तियारी दिने निर्णय गरेको पौडेलले वताउनुभयो ।

वैठकले आदिकवि भानुभक्त आचार्यको दुई शतक वर्ष उत्सव मनाउनका लागि भानु विकास प्रतिष्ठानलाई १६ लाख निकास दिने निर्णय गरेको छ ।यसैगरी बैठकले गरिबी निवारण लघुउद्योग कार्यक्रमको पाँचवर्षे रणनीति पारित गरेको छ ।

यस्तै वैठकले कमलरी मुक्ति घोषणा गर्ने र अभियानकै रुपमा आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । वैठकले कमलरी श्रमिक राखे वापतको कसैले कुनै किसिमको रकम  लेनदेन गरेको थाहा पाए रकम स्वतः निष्कृय हुने र कमलरी वा उनका परिवारले सो रकम फिर्ता गर्न नपर्ने व्यवस्था गरेको छ ।

No comments:

Post a Comment