Wednesday, July 10, 2013

तराईमा बढ्दैछन् यौनकर्मी महिला

 तराईमा बढ्दैछन् यौनकर्मी महिला

अषाढ २६
पछील्लो समयमा पश्चिम तराईका चार जिल्लामा यौन कर्मी महिलाको संख्यामा बृद्धी भएको छ ।
पश्चिम तराईका कञ्चनपुर, कैलाली, बर्दिया र बाँकेमा तीन हजार भन्दा बढी महिलाहरु खुलेरै देहव्यापारमा लागे पनि यसको निराकरणका लागि कुनै उपाय अपनाउन सकिएको छैन ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका संयोजक अशोक पाण्डेले लम्कीमा १८ जना महिलाले  देहव्यापार गर्दै आएको बताउनु भयो । कैलाली सदरमुकाम धनगढी र आसपासका क्षेत्रमा ३ सय ६८, अत्तरियामा ४ सय ३०, टीकापुरमा ६६, चौमालामा १ सय ४, पहलमानपुरमा १ सय ५९, महिला देहव्यापार गर्दै आएको उहाले बताउनु भयो ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका संयोजक पाण्डेका अनुसार लम्की क्षेत्रमा यो संख्या अझै बढ्ने भएको छ । यी महिलाहरूले दैनिक देहव्यापार गर्दै आएको स्विकार गरेका छन् । संयोजक पाण्डेले यौन पेसामा लागेका महिलाहरू १६ देखि ४५ वर्षसम्मका रहेको बताउनुभयो ।

यसैगरी  इलाका प्रहरी कार्यालय मोतिपुरका प्रमुख हेम शाहीले भने यसबारेमा आफूलाई सूचना आए छापा मार्ने बताउनुभयो । आफूलाई कुनै पनि सूचना नआएको भन्दैं शाहीले सूचना दिन सबैलाई आग्रह गर्नुभयो ।

No comments:

Post a Comment