Friday, July 12, 2013

काठमाडौं घुम्न आएका युबकलाई चोरी आरोपमा पिट्दा ज्यान गएपछि !

बाँके बैजापुरका १८ वर्षीय राजेश चौधरी रत्नपार्कको फुटपाथ पसलबाट मोबाइलको एयरफोन र घडी चोरेको आरोपमा फुटपाथ व्यापारीले कुटपिट गर्दा एकजनाको ज्यान गएको हो । खुलामञ्चको फुटपाथबाट मोबाइलको एयरफोन र घडी चोरेको भन्दै व्यापारीहरूले कुटपिट गर्दा उनको ज्यान गएको हो । उनीसूगै आएका काकाका छोरा १७ वर्षीय रमेश थारू पिटाइबाट घाइते भएका हुन् । एक साताअघि काठमाडौं घुम्न आएका उनीहरू गत असार २० गते रत्नपार्कमा मोबाइलको एयरफोन, हाउजिङ र घडी खरिद गर्नका लागि आएका थिए । पसलमा भाउ सोध्दै हिंडेका उनीहरूलाई व्यापारीले चोर- चोर भन्दै कुटपिट गरेका थिए । राजेश मुटुको रोगीसमेत भएको प्रहरीले जनाएको छ । चोर भन्दै कुट्न थालेपछि रमेश थारू भने त्यहाँबाट भागेका थिए । राजेश बेहोस भएर भुइँमा ढलेपछि पिट्नेहरूले नै उनलाई पानी छ्यापेर ब्युँत्याउने प्रयास गरेका थिए । तर त्यहीबेलै उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment