Monday, July 1, 2013

होटेलमा हनिमुन मनाउन पुगेका दम्पत्तिको बन्यो पोर्न भिडियो

होटेलमा हनिमुन मनाउन पुगेका दम्पत्तिको बन्यो पोर्न भिडियो


संसारमा तिब्र गतिमा भएको इलेक्ट्रोनिक प्रविधिको विकासले संसारका धेरै मानिसलाई फाइदा दिएको छ । यस्ता प्रविधिको गलत फाइदा उठाउने मानिसहरु पनि यो संसारमा कम छैनन् । तर, यसमा स्वंयम व्यक्तिले पनि कस्ता कुराहरुमा ख्याल गर्नुपर्छ भन्ने कुरामा ध्यान पुरयाउन जरुरी देखिन्छ ।

हालै दिल्लीको नोयडामा एउटा घटना यस्तै भएको छ । भर्खर बिहे गरेर हनिमुन राजस्थान पुगेका एक बिबाहित जोडी यस्तै समस्यामा परेको छ । राजस्थानको होटलको कोठामा रात बिताएका उनीहरुको होटलको कोठामा लुकाएर राखिएको क्यामराले दम्पत्तीले रातमा गरेका यौन गतिविधिहरु क्यामरामा रेकर्ड गरेर एकैपटक ३५ पोर्न वेवसाइटमा अपलोड गरियो ।

जव ती बिबाहित जोडीहरुले आफुहरुले होटलमा बिताएका रातका व्यक्तिगत जीवनको गतिबिधिहरु पोर्नसाइटमा आएको थाहा पाएपछि दुवैजनाको होश हवासै उड्यो ।

आफुहरुको यौन भिडीयो बनाएर पोर्न साइटमा राखेको पाएपछि उनीहरुले नोयडाको सेक्टर ५८ चौकीका साइबर क्राइम हेर्ने प्रहरीलाइ आफुहरुले रात बिताएको होटलको नाम सहित खबर गरेका थिए । नोयडाको साइबर क्राइम सेलले जालन्धर (पंजाव) बाट यस्तो गतिबिधिमा लागेका गिरोहका दुइजनालाइ पक्राउ गरेर सोधपुछ गरेको छ । उनीहरुकै गिरोहका केहि सदस्यहरुले होटलमा रहेका यी नव विबाहित जोडीको यौन गतिबिधिहरु क्यामरामा कैद गरेर ब्लु फिल्म बनाएर पोर्न साइटमा राखेका थिए ।

यदि तपाइहरु पनि बिबाह पछि हनिमुन वा अन्य कारणले होटलमा गएर यसरी रात बिताउनु हुन्छ भने ख्याल गर्नु होला कतै त्यहाँ पनि तपाइले गरेको हरेक गतिबिधिहरु क्यामरामा कैद भएका त छैनन् ? कतै तपाइको पनि पोर्न भिडियो बनाएर पोर्न साइटमा त राखिएको छैन

No comments:

Post a Comment