Thursday, July 11, 2013

‘हामीबीचको यौनसम्बन्ध कसैलाई नभन्नु’


‘हामीबीचको यौनसम्बन्ध कसैलाई नभन्नु’

सिरहा, २६ असार । सिरहा जिल्लामा प्रमेश्वर साहले एककिशोरीलाई दवावमा पटक/पटक यौन शोषण गरेपछि गर्भ रहेको तथ्य सार्वजनिक भएको छ । गर्भ रहेको थाहा पाएपछि प्रमेश्वरका आफन्तले युवतीलाई स्वीकार्न मानेका छैनन् । विवाद बढ्दै गएपछि सो विषय प्रहरी समक्ष पुगेको छ । उजुरी परे पछि मंगलबार प्रमेश्वरलाई प्रहरीले पक्राउ पनि गरिसकेको छ । लालपुर–१ का शत्रुधन साहका २२ वर्षीया छोरा प्रमेश्वरले स्थानीय १४ वर्षीया किशोरी ममता साह (नाम परिवर्तन)लाई ५ महिनादेखि पटक/पटक यौनशोषण गरेको प्रहरीले जनाएको छ । ममताको शारीरिक बनावटमा परिवर्तन आएपछि स्थानीयले स्वास्थ्यकर्मीसँग उनको जाँच गराएका थिए । जाँच गराउँदा ममताको कोखमा करीव पाँच महिनाको गर्भ रहेको पत्ता लागेको थियो । छोरीको गर्भमा बच्चा रहेको पत्तालागे पछि आफन्त झसङ्ग भएका छन् । ममताले आफ्नो गर्भ रहेको कुरा डरका कारण लुकाएर राखेके थिईन् ।

No comments:

Post a Comment