Thursday, July 4, 2013

सप्तरीमा दाइजो नल्याएको निहुँमा यातना

सप्तरीमा दाइजो नल्याएको निहुँमा यातना मागे जति दाइजो नल्याएका निहुँमा पति र सासुससुराबाट पटक पटक शारीरिक र मानसिक यातना झेल्दै आएको भन्दै एक महिलाले न्याय दिलाइ दिन सबैसँग आग्रह गरेकी छन् । सप्तरी सदरमुकाम राजविराज नगरपालिका–२ निवासी प्रवीण झाकी २५ वर्षीया श्रीमती राखी झाले आज बिहान राजविराजमा आयोजित पत्रकार सम्मेलनमा दाइजोका कारण पटक पटक यातना दिँदै आएका आफ्ना सासु र ससुराले पछिलो पटक गत असार ११ गते राति केही युवालाई परिचालन गरी आफ्नो अस्मिता लुट्न खोजेको आरोप लगाएकी छन् । सप्तरीको बरही वीरपुर गाविस निवासी सूर्यनारायण झाकी छोरी राखी र राजविराज नगरपालिका–२ चनौरा पड्रिया निवासी राधाकान्त झाका छोरा प्रवीणबीच २०६९ वैशाख १४ गते सामाजिक परम्पराअनुसार विवाह भएको थियो । विवाह भएदेखि नै श्रीमान्, ससुरा र सासुले विभिन्न अश्लील गालीगलौज गर्दै कुटपिट र घर निकाला गर्दै आएको दुःखेसो पोख्दै उनले गत २०६९ माघ महिनामा पतिसहितले घरबाट निकाला गरेपछि अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालयले आफ्नो विवाह दर्ता गराइदिएको तर यातना दिने काम नरोकिएको बताइन् । विवाह दर्ता प्रमाणपत्र बनेदेखि सासु र ससुराले अझ क्रुर यातना दिन थालेको र गत असार ११ गते राति गाउँकै केही युवालाई परिचालन गरी आफ्नो अस्मिता लुट्न खोजेको आरोप उनको छ । अभियुक्तहरुमध्ये चार जना भागे पनि एक जना सल्लाउद्दिनलाई गाउँलेहरुले तत्कालै नियन्त्रणमा लिई परिवारजनको जिम्मा लगाएको उनले बताइन् । उनलाई परिवारको जिम्मा लगाएको आधा घण्टा नबित्दै हातमा खुकुरी, लाठीलगायतका हतियार लिएर आएका ५०/६० जनाको समूहले गालीगलौज गर्दै स्थानीय नागेन्द्र झा, घनश्याम झासहितका व्यक्तिमाथि आक्रमण गरी घाइते बनाएको स्थानीय निरन्जन झाले पत्रकार सम्मेलनमा बताए । सो क्रममा ती युवाको समूहले अखिलेश झाको को २ प ५२६८ र वसन्त झाको स२प ७७५४ नम्बरको मोटरसाइकलमा समेत क्षति पु¥याएको बताइएको छ ।

No comments:

Post a Comment