Friday, July 5, 2013

रोजगारी नपाएका बादी महिला यौन व्यवसायमा

रोजगारी नपाएका बादी महिला यौन व्यवसायमा
गुलरिया , असार २१ – सरकारले सहमति गरेर पनि शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चित नगरेपछि बादी समुदायका झन्डै ३ दर्जन महिला यौन व्यवसायमा फर्केका छन् ।

बादी समुदाय उत्थान समितिका केन्द्रीय सदस्य अर्जुन बादीका अनुसार सरकारले आफ्ना माग बेवास्ता गरेको भन्दै उनीहरू पुनः यौन व्यवसायमा फर्केका हुन् । १५ मंसिर ०६४ मा सरकार र बादी समुदायबीच सम्झौता पूर्ण रूपमा कार्यान्वयन नभएकाले पेट पाल्न यौन व्यवसाय अँगालेको उनको दाबी छ ।

‘सरकारले अवसरबाट वञ्चित गराएकाले यौन व्यवसाय सुरु गर्‍यौं,’ बर्दिया राजापुर ६ अनन्तपुरकी एक बादी महिलाले भनिन् । यौन शोषण, कानुनी संरक्षण अभाव, सामाजिक दुव्र्यवहार, रोजगारीजस्ता आधारभूत आवश्यकताबाट वञ्चित भएकाले यौन व्यवसाय बाध्यता भएको समितिकी केन्द्रीय सदस्य सुन्दरी बादीले बताइन् ।

नाचगान, माटाका सामग्री बनाउने, माछा मार्ने र वाद्यवादनका सामग्री बनाउने पुख्र्यौली पेशाबाट वञ्चित भएकाले पेट पाल्न यौन व्यवसाय गर्नुपरेको उनीहरूले बताए । स्रोत ©इकान्तिपुर प्रकाशित मिति: २०७० असार २१

No comments:

Post a Comment