Saturday, July 6, 2013

दाम्पत्य जिवनको यौनसुख बारेका रोचक तथ्य


दाम्पत्य जिवनको यौनसुख बारेका रोचक तथ्य


हालै गरिएको एक सर्भेक्षणले महिलाहरु आफ्नो पार्टनरका लागि मायाको अनुभुति दिलाउने कुरालाई निकै महत्व दिन्छन् । जबकी पुरुषहरु भने आफ्नी जिवनसाथीलाई कामुक पहिरनमा देख्न चाहन्छन ।

महिलाहरुमा प्रेमको भावना अधिक हुन्छ । उनीहरु आफ्नो जिवनसाथीलाई आफुप्रति आकषिर्त गर्न र माया पाउनका लागि सधै प्रयासरत हुन्छन् ।


सर्भेक्षण अनुसार विवाहित पुरुषहरु मध्ये ७९ प्रतिशत पुरुषहरु आफ्नो पार्टनरसँगको यौन सम्बन्धबाट सन्तुष्ट छन् र आफ्नो यौन जिवन निकै राम्रो रहेको ठान्छन् । तर यस्तो सन्तुष्टि अनुभुति गर्ने विवाहित महिलाहरु केवल ६१ प्रतिशत मात्र हुन्छन् ।

४२ प्रतिशत महिलाहरु आफुलाई आफ्नो श्रीमानले अश्लील फिल्म हेर्न नभनेको र नदेखाएको बताउँछन् । त्यस्तै २१ प्रतिशत पुरुषले आफुले आफ्नी श्रीमतीलाई पोर्न सामाग्री हेर्न लगाएको बताएका छन् ।

अस्ट्रेलियाको डिकिन विश्वविद्यलायका शोधकर्ता रोबर्ट कमिन्सले गरेको उक्त अध्ययन अनुसार अधिकांस महिला पुरुषले बच्चा जन्माइसकेपछि आफ्नो यौन जिवनमा बाधा उत्पन्न भएको ठान्छन् । ५२ प्रतिशत पुरुष र ४९ प्रतिशत महिलाले बच्चा जन्मिनुअघिको यौन जिवन निकै उत्तम भएको धारणा राखेका छन् ।

४२ प्रतिशत पुरुषहरु सम्भोगको आरम्भ महिला पार्टनरबाट होस् भन्ने चाहन्छन् । त्यस्तै ४१ प्रतिशत पुरुष मुखमैथुन तथा ३० प्रतिशत पुरुष गुँदामैथुनमा रुची राख्छन् ।

No comments:

Post a Comment