Tuesday, July 2, 2013

छोरीको रोमान्सले आमा–बाबु चिन्तित

छोरीको रोमान्सले आमा–बाबु चिन्तित


भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
   

9मुम्बई । अभिनेत्री हुमा कुरैशीले आफ्नो परिवार फिल्मका बारेमा अत्यन्तै रुढीवादी रहेको गुनासो गरेकी छन् ।
यद्यपि, हुमाले आफूले फिल्म खेलेका कारण परिवारमा परिवर्तन आउन थालेको बताएको एजेन्सीहरुले जनाएका छन् । हुमा भारको राजधानी दिल्ली निवासी हुन् ।

‘मेरो परिवार अत्यन्तै रुढीवादी छ,’ उनले भनिन्, ‘तर परिवार मेरा कारण परिवर्तन भईरहेको छ ।’ परिवारले आफ्नो करियरलाई फिल्ममै देख्न थालेको उनको भनाई छ ।

हुमाले मुम्बई जाने क्रममा आमा/बाबुले अनेकथरीका नकारात्मक कुरा सोंचेको बताईन् । पछिल्लो समयमा हुमा र अनुराग कश्यपबीच रोमान्स हुने गरेको भारतीय सञ्चारमाध्यमले लेख्ने गरेका छन् ।

हुमाले ‘गैंग्स अफ वासेपुर’बाट अभिनय शुरु गरेकी हुन् । उनले निखिल आडवाणीको ‘डी डे’मा ऋषि कपूर, अर्जुन रामपाल, इरफानसँग खेल्दै छिन् ।

No comments:

Post a Comment