Wednesday, July 3, 2013

राहदानीमा रिमाको आईटम नृत्य

राहदानीमा रिमाको आईटम नृत्य
रंगकर्मी अभिनेत्री दिया मास्केलाई फिल्म राहदानीका लागि आइटम नृत्यमा अनुबन्ध गरेपनि अन्तिम समयमा आएर उनले नभ्याउने भएपछि अर्की नायिका तथा मोडल रिमा विश्वकर्माले फिल्ममा आइटम नृत्य गरेकी छन् । सञ्चारकर्मी डब्बु क्षेत्रीको निर्देशनमा बनिरहेको फिल्मको ‘गुन्युचोली लाउँदिनमा मिनी स्कर्ट लाएँ, रोधी घर जाँदिनमा डिस्को क्लब धाएँ...’बोलको गीतमा रिमाले आइटम नृत्य गरेकी हुन् ।



फिल्मका प्रस्तुतकर्ता लक्ष्मीप्रसाद ढकालले फिल्मको छायांकन शुरु हुँदा दियाले आइटम नृत्य गर्ने सहमति जनाए पनि गीतको छायांकन सुरु हुन दुई दिन बाँकी रहँदा आफु नाटकमा व्यस्त हुनुपरेको भन्दै समय नदिएको बताए । नायिका रिमाले फिल्मको गीत आफुलाई राम्रो लागेको र सन्देशमूलक भएकाले आफुले आईटम डान्स गरेको बताईन् । डब्बुको शब्द, संगीतकार चेतन सापकोटाको संगीत र दुर्गा खरेलको स्वर रहेको आइटम गीतलाई राजु शाहले कोरियोग्राफी गरेका छन् ।


फिल्ममा दयाहाङ राई, रुपा खनाल, बिनिता घिमिरे, अशोक रिजाल, सृजना सुब्बा, नविन लम्साल, मोनिका दाहाल, तेन्जिङ शेर्पा, दिनेश दुलाल, विकाश जोशी, आयुस्मा श्रेष्ठ, विधा कार्की, शैलेन्द्र बस्नेत लगायतको अभिनय रहेको छ । फिल्मलाई रामशरण उप्रेतीले खिचेका हुन् । निर्देशक क्षेत्रीका अनुसार फिल्मको छायाकन ९० प्रतिशत सकिएको छ भने मलेशियामा तीन दिनको सुटिङ बाँकी रहेको छ ।

No comments:

Post a Comment