Monday, July 1, 2013

सेक्स गर्दाका केहि आसनहरु

सेक्स गर्दाका केहि आसनहरु

केही जोडीहरु परम्परागत आसनमा नै पूर्ण रुपमा यौन सन्तुष्टि लिइरहेका हुन्छन् । माया गर्ने विभिन्न उपायहरु हुन सक्छन ती सबै उपायहरु दुवैलाई आनन्द दिने हुनुपर्दछ । यदि तपाई आफ्नो यौन साथीसँग नयाँ प्रयोग गर्न चाहानुहुन्छ भने यसलाई कम्तीमा प्रयासको रुपमा लिनुस् ।

माहिलामाथि पुरुष रहेर गरिने यौनसम्पर्क सबैभन्दा प्रचलित र बढी प्रयोगमा रहेको एउटा आसन हो । जसमा पुरुष महिलाको खुट्टाको बीचमा रहन्छ, महिलाले खुट्टा पुरा फैलाउन पुरुषको माथि राख्न सक्छन् । यो आसन अधिकतम पुरुषका लागि सरल मानिन्छ । यो आसनमा जोडीले एक अर्कालाई गहिरो अँगालोमा बाँधेर चुम्बन साटासाट गर्दै गहिरो मायाको अनुभूति लिन सक्छन् । यस आसनमा पनि अधिकतम महिलाको पछाडिपट्टीको भागमा सिरानी राखेर गरेमा अझ बढि उत्तेजनाको महसुस गर्न सक्छन् ।
महिला गर्भवति भएको अवस्थामा ओछ्यानमा आधा सुताएर पुरुष महिलाको दुई खुट्टाको बीचमा उभिएर संभोग गर्दा उपयुक्त हुन्छ । जसले महिलालाई पुरुषको भार लिनुपर्दैन ।

अधिकांश जोडीहरु महिलामाथि रहेर संभोग गर्दा पनि सन्तुष्ट हुन सक्छन् । महिलाहरु माथि रहँदाको अवस्थामा सम्भोगको गति र गहिराईको नियन्त्रण गर्न सक्छन् । जसले चरम सन्तुष्टिको अनुभव प्राप्त गर्न सकिन्छ । यस आसनले शिघ्र स्खलनको समस्याबाट ग्रसित पुरुषहरुको तनाव कम गर्ने उपायको काम गर्न सक्छ । गर्भवति भएको अवस्थामा समेत यो आसन सहज हुनुका साथै बढी तौल भएका पुरुषहरुलाई समेत उपयुक्त हुन्छ ।
महिला पुरुषको अगाडि दुइटा घुँडा टेकेर बस्ने आसन पनि संभोगका लागि उपयुक्त मानिन्छ । यस आसनले महिला पुरुष एक अर्कालाई हेराहेर गर्दै प्रेमस्पर्शका साथ सम्भोग गर्न सक्छन् । यसमा पनि फरकपनाका लागि महिला पुरुषको विपरित फर्केर घुँडा टेकी फरक कोणबाट समेत गर्न सकिन्छ, भने एक अर्कापट्टि फर्केर पुरुषको काखमा महिला बसेर पनि सम्भोग गर्दा प्रभावकारी हुन्छ ।

No comments:

Post a Comment