Tuesday, July 2, 2013

यौन सम्बन्धि एघार रोचक तथ्य (जानी राखौ)




यौन सम्बन्धि एघार रोचक तथ्य (जानी राखौ)

भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
   


अमेरिकाको राष्ट्रिय सर्भे कम्पनीले मानिसहरुको यौन सम्बन्धका विषयमा एक विस्तृत तथा महत्वपूर्ण सर्भेक्षण गरेको छ । जसबाट निकै रोचक तथा अनौठा खालका नतिजा समेत बाहिर आएका छन् । सर्भेक्षणको नतिजालाई समावेश गरी एक किताब समेत प्रकाशित भएको छ, जसको नाम व्हाट वुमेन्स वान्ट : एडभेन्चर इन साइन्स अफ फिमेल डिजाएर राखिएको छ । स्रोत ©अनलाइनखबर
youn uttejana
यो सर्भेक्षण तीन उमेर समूहमा गरिएको थियो । पहिलो २५ देखि ३०, दोश्रो ३१ देखि ४५ र तेश्रो ४६ भन्दा माथि । झण्डै १० हजार मानिसमा यो सर्भेक्षण गरिएको थियो । यौन सम्बन्ध, प्रेम सम्बन्ध, दाम्पत्य जिवन, लगायतका विषयमा सहभागीलाई प्रश्न सोधिएको थियो । सर्भेक्षणबाट यौन सम्बन्धि विषयमा केही त्यस्ता तथ्य समेत सार्वजनिक भए जो सुन्दा पनि पत्यार लाग्दैन किनकी प्राप्त नतिजाभन्दा हाम्रेा सोचाइ ठ्याक्कै उल्टो हुने गरेको छ । सर्भेक्षणबाट प्राप्त यौन सम्बन्धि केही रोचक तथ्य निम्न छन् :



     पुरुषमा भन्दा महिलामा यौनइच्छा बढि हुन्छ । तथापि उनीहरुले सुरुमा यो प्रकट गर्न संकोच मान्छन् ।
    विवाहले मान्छेको आयू बढाउँछ । विवाहपछि हुने नियमित यौन सम्पर्कलेमानिसको मन शान्त हुनुका साथै मान्छे शारीरिक रुपमा पनि स्वस्थ बन्दछ, जसले स्वभाविक रुपमा मान्छे बढि बाँच्छ ।

    अविवाहित मानिसको क्यान्सरका कारण मृत्यु हुने खतरा बढि हुन्छ ।अविवाहितलाई खासगरी फोक्सो, स्तन तथा प्रोस्टेट ग्रन्थीको क्यासर बढि हुने गर्छ ।

    यौनिक रुपमा सक्रिय मानिसहरुमध्ये सयमा ७२ जनाले नयाँ साथीसँग कुनैसुरक्षाका उपाय नअपनाइकनै सेक्स गर्ने गर्छन् ।

No comments:

Post a Comment