Tuesday, July 2, 2013

''विवाह पछाडि मात्र सेक्सको अनुभव लिन्छु : सबिना''

''विवाह पछाडि मात्र सेक्सको अनुभव लिन्छु : सबिना'' ''पाल्पा रामपुर–६ स्थायी ठेगाना भएकी सबिना केसी बिबिएस तेस्रो वर्षमा अध्ययनरत छिन् । सँगसँगै उनले अभिनयलाई पनि अघि बढाइरहेकी छन् । मनमनै चलचित्रबाट अभिनयमा पाइला बढाएकी उनले केही विज्ञापन चलचित्रमा समेत अभिनय गरिसकेकी छन् । अभिनयले पढाइलाई असर नपुर्‍याओस् भन्नेमा उनी चनाखो छिन् । भन्छिन्, ‘पढाइ र अभिनयलाई सँगसँगै अघि बढाइरहेकी छु । यीमध्ये एकलाई पन्छाउन सक्दिनँ ।’ सानैदेखि कलाकारिताप्रति लगाव रहेको बताउने उनी पुराना दिन सम्झिन्छिन्, ‘सानैदेखि अभिनयमा खुब ‘इन्ट्रेस्ट’ थियो । सानो छँदै स्कुलमा नाटक तथा नृत्यमा सधैँ सहभागी हुन्थेँ । अभिनयलाइ मर्यादित तवरले अगाडि बढाउन पल्पसा कल्चर सेन्टर वनस्थलीमा अभिनय र नृत्य प्रशिक्षण समेत लिइरहेकी उनलाई यसले अभिनयमा खाफूलाई खार्दै लगेको लाग्छ । ‘पहिलेभन्दा निकै राम्रो अभिनय गर्ने भएकी छु, ‘म्याचुरिटी’ र प्रशिक्षणको कारण पनि हुन सक्छ,’ उनी भन्छिन् । उसो त नृत्यमा पनि उनी उत्तिकै चाख राख्छिन् । फिल्मी क्षेत्रमा जम्न नृत्य जानेकै हुनुपर्ने उनलाई लागेको छ । फोटो सेसनको भने उनलाई खासै अनुभव रहेनछ । तर, उनलाई थाहा छ– ग्ल्यामर फोटोसुट भने गर्नुपर्छ । नत्र पछि परिन्छ । ‘त्यसैले मैले आफूलाई खुलाएकी छु,’ उनले लजाउँदै भनिन् । 'सेक्सबारे उनको पनि रेडिमेट जवाफ छ, सेक्स दुई आत्माको मिलन हो । 'सेक्सको अनुभव यी सुन्दरीले कतिपटक गरिसकिन होला ? कुतूहलता मेट्न लजाउँदै उनले भनिन्, कहाँ सेक्सको अनुभव हुनु । विवाह पछाडि मात्र सेक्सको अनुभव लिन्छु । फिल्मी क्षेत्रमा जम्न नवप्रवेशीले जोवन दाउमा लगाउनुपर्छ भन्ने उनले पनि सुनेकी छन् । तर, आफू ‘कम्प्रमाइज’ गर्ने खालकी केटी नभएको उनी निर्धक्क बताउँछिन् । उनको रोजाइको भूमिका ‘नारीप्रधान’ हो ।'' खानपिनमा पनि उनी त्यति सोखिन छैनन् । तर, चिकेन चिल्ली उनलाई ज्यादै मीठो लाग्छ । ‘चिकेन चिल्ली मन पर्छ । तर, घरको साधारण खाना पनि उत्तिकै रुचाउँछु,’ उनी भन्छिन् । कालो पहिरन रुचाउने यी सुन्दरी आफूलाई मन पर्ने रङ भने रातो र गुलाबी रहेको बताउँछिन् ।'

No comments:

Post a Comment