Thursday, July 4, 2013

लौ हेर्नुहोस तेस्रो लिङ्गी समुदायद्धारा संविधान सभामा उम्मेदवारी घोषणा


लौ हेर्नुहोस तेस्रो लिङ्गी समुदायद्धारा संविधान सभामा उम्मेदवारी घोषणा

दोस्रो संविधानसभा निर्वाचनका लागि समलिङ्गी तेस्रो लिङ्गीहरुले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । समलिङ्गी र तेस्रो लिङ्गीहरुको मातृसंस्था नीलहीरा समाजले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा विभिन्न जिल्लाका ६१ जनाले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् । तर कुन राजनीतिक दलबाट आफूहरुले प्रतिनिधित्व गर्ने भन्ने अहिले नै खुलाउन चाहेनन् । समाजका कार्यकारी प्रमुख सुनिलबाबु पन्तले आफ्नो समुदायको उम्मेदवारी अल्पसंख्यक समुदाय हक, अधिकार मात्र नभई सबै सिमाङ्ककृत समुदायको अधिकारका लागि रहेको बताए । उनले तेस्रोलिङ्गी समुदायलाई राज्यले पहिचान सहितको नागरिकता सहज रुपमा प्रदान गरी, मतदाता नामावलीमा सुचिकृत गराउन आग्रह गरे । उनले भने–‘समाजबाट पछाडी पारिएका यस समुदायलाई भोली पुनः अधिकारका लागि लडनु नपर्ने गरी संविधानमा आफ्नो अधिकार सुनिश्चित गरिनुपर्छ ।’  यद्यपी यसअघिको संविधान सभाका सभासद पन्तले भने उम्मेदवारी दिने वा नदिनेबारे निश्चित नभएको बताए ।

तेस्रो लिङ्गी महिला भूमिका श्रेष्ठले आफू कांग्रेसबाट संविधानसभामा उम्मेद्वार बन्ने घोषणा गरिन् । भूमिका कांग्रेसको महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि पनि हुन् ।
नीलहीरा समाजकी अध्यक्ष पिङ्की गुरुङले चुनावका सन्दर्भमा राजनीतिक दल, निर्वाचन आयोग तथा सरकारसँग आफ्ना सातबुँदे मागपत्र राखेको बताईन् ।

No comments:

Post a Comment