Thursday, July 4, 2013

काजकिरिया गरेका ब्यक्ति जिउँदै घर फर्किएपछि


भारतीय तिर्थस्थल केदारनाथ बाढीपहिरोमा परी मृत्यु भएको खबर आएपछि घरपरिवारले काजक्रिया सुरु गरेको चार दिनमा मृतक भनिएका व्यक्ति घर आइपुगेका छन् । आफन्त गुमाउँदाको पीडा सही नसक्नुको हुन्छ। त्यसमा पनि परदेशको भूमिमा घरमूलीको मृत्यु भएको खबरले परिवारलाई असह्य पीडा हुन्छ। आफ्नो धार्मिक संस्कार अनुसार १३औं दिनको काजक्रिया गर्दै मृत आत्माको चीर शान्तिको कामना गर्नुबाहेक अरु के नै गर्न सकिन्छ र? मृत्यु भएको खबरले काजक्रिया गरेको ब्यक्ति टुप्लुप्कै घर फिरे भने त्यो परिवारमा कस्तो होला? यहाँको एक परिवारमा यस्तै भएको छ। जसले भूल्नै नसकिने पीडामा फेरि खुसीको वहार आएको छ।
यहाँस्थित झुला – १ का ३१  वर्षीय डिल्लीबहादुर ओलीको मृत्यु भएको भन्दै घरपरिवारले किरिया गर्दैगर्दा उनी टुपलुक्कै आइपुगेका हुन् । मजदुरीका लागि भारत गएका उनी केदारनाथको बाढिमा परेको भन्दै आफन्तहरुले खबर ल्याएका थिए । बाढीमा परेका कारण उनको मृत्यु भएको अनुमानले परिवारले चारदिनदेखि किरिया सुरु गरेका थिए ।  घरपरिवारले कुशको प्रतिमा गराएर उनको दाहसंस्कार गरी हिन्दु परम्परा अनुसार किरिया गरेको आफन्त  धनबहादुर  ओलीले बताए । ‘मेरो पनि १३ दिने भाई भएकाले मैलेपनि कपाल मुन्डन गरेर नुन छोडेको थिए,’ उनले कान्तिपुरसित भने, ‘उ किरिया गर्दागर्दै टुपलुक्क आएपछि भोज गरेर खुसीयाली मनायौँ ।’
उनी घरमा आएपछि उनको किरिया बसेका  र जुठो वारिरहेका आफन्तहले खुसी व्यक्त गर्दै खसी नै काटेर भोज गरेका छन । उनको ४ दिनेको किरियाको सम्पूर्ण प्रकृया पनि अन्त्य गरेको ओलीले बताए । केदारनाथमा भारी बोक्दैगर्दा उनीसँगै गएका चार साथीहरुसँग बाढिमा परेका थिए ।
उनलाई बाढिमा पसेको  देखेका र बाँचेर  फर्किएका दुई आएका आफन्तहरुले घरमा खबर गरेपछि घरपरिवारले किरिया गरेका थिए । किरियामा उनकी श्रीमती र दुई छोरा थिए । ओली भिषण बाढीबाट बचेर फकिर्दा घरपरिवार र गाउँमा खुशीयाली छाएको  छ । उनी १ बर्षअघि मजदुरीका लागि भारत गएका थिए

No comments:

Post a Comment