Wednesday, July 10, 2013

विश्वका नौ खतरनाक तथा जब्बर स्वास्नीहरु (फोटोफिचर सहित)


विश्वका नौ खतरनाक तथा जब्बर स्वास्नीहरु (फोटोफिचर सहित)
6

आम मान्यता के छ भने नारीको हृदय कोमल हुन्छ, मन सफा हुन्छ, मायालु हुन्छ अनि हिंश्रकपनबाट अलग हुन्छ । तर यो नियम सबैमा लागु हुँदो रहेनछ । यो संसारमा केही त्यस्ता नारी पात्रहरु थिए र छन् जसले साक्षात् रौद्ररुप देखाउन पछि परेनन् र पर्दैनन् । उनीहरुका करतूत सुन्दा पनि आङ नै सिरिंग हुन्छ । हामीले यहाँ केही त्यस्ता श्रीमतीको रुप धारण गरेका नारी पात्रहरुको बारेमा चर्चा गर्दैछौँ जसले यस्तो क्रुरता देखाए की मानवता भन्ने कुरा नै लज्जित हुनपुग्यो ।

१. अस्ट्रेलियाली महिला क्याथरिन नाइटले सन् २००० मा आफ्ना पतिको हत्या गरी उसको मासु छोराछोरीलाई खान दिएकी थिइन् । पति जोन चार्ल्स थोमस प्राइस लाई चक्कुले ३७ पटक आक्रमण गरी मारेर उसको सरीरको छाला काढेर भान्साकोठामा लगेर टाँगिन् । श्रीमानको टाउकाको मासु काटेर तरकारी समेत मिसाएर पकाइन् र बच्चाहरुलाई खान दिइन् । तर यस्तो क्रुरता पर््रदर्शन गर्ने ती महिलालाई प्रहरीले पक्राउ गर्न सफल भयो । उनले आजिवन कारावासको सजाय पाइन् । उनी अस्टेलियामा आजिवन कारावासको सजाय पाउने पहिलो महिला हुन् ।

1

२. अमेरिकाको न्युयोर्ककी स्टेसी कार्टरले आफ्ना दुइवटै श्रीमानको हत्या गरिन् । पहिलो लोग्नेको सन् २००० मा हत्या गरेपछि अर्को बिहे गरेकी उनले सन् २००५ मा दोश्रो लोग्नेको पनि हत्या गरेकी थिइन् । उनले आफ्नो लोग्नेको हत्याको दोष आफ्नै छोरीमाथि समेत लगाउने प्रयास गरिन् । तर अन्ततः उनको अपराधको पर्दाफास भएरै छाड▒े । उनको हत्याको अभियोगमा २५ वर्षो सजाय पाएकी छिन् ।

2

३. प्राचिन राज्य रोममा इशापर्ूव ३८ मा बादशाह क्लाउडियसको राज्य थियो । उनकी तेश्री श्रीमतीको नाम भेलेरिया थियो । उनी आफ्नो यौन चर्तिकलाका कारण कुख्यात थिइन् । उनले आफ्ना कर्मचारीसँग रक्सी पिएर मोजमस्ती गर्थिन् । उनी जेठी रानीको मृत्यु भएपछि महारानी पनि भइन् तर रातमा राजासँग सुत्न छाडेर वेश्यालय चहार्थिन् । उनले एकपटक आयोजना भएको सेक्स प्रतियोगितामा २४ घण्टाभित्र २५ जना पुरुषसँग सम्भोग गरेर किर्तिमान पनि बनाइन् । ती वेश्या रानीले आफ्नो एक नाठोसँग मिलेर राजाको हत्या गर्ने षडयन्त्र पनि बुनेकी थिइन् तर उक्त षडयन्त्रको बारेमा राजाले थाहा पाएपछि नाठोको हत्या गरियो र वेश्या रानीलाई आत्महत्या गर्न आदेश दिइयो ।

४. रुसकी काटया खतितोभनोभाले आफ्नो लोग्नेको लिंग नै काटिदिइन् । श्रीमान अर्कै केटीसँग सम्भोग गरिरहेको अवस्थामा फेला परेपछि रिसको झोँकमा काटयाले लोग्नेको लिंग च्वाट्टै पारिदिएकी थिइन् ।

4

५.अमेरिकी डाक्टर रिचर्ड बाटिस्टाले पत्नी डानेलसँग १९९० मा बिहे गरेका थिए । डानेल मृगौला रोगी भइन् । उनको दुइपटक सम्म गरिएको मृग्ाौला प्रत्यारोपण असफल भयो । बाटिस्टाले आफ्नी पत्नी डानेललाई आफ्नो मृगौला दान गरे । लोग्नेको मृगौला पाएपछि डानेल तन्दुरुस्त भइन् र पढाइ पनि पूरा गरिन्् । तर त्यसपछि उनले गुन भुलिन् र लोग्ने बाटिस्टाबाट टाढा टाढा हुन खोजिन् । अन्ततः उनीहरुबीच सम्बन्ध विच्छेद पनि भयो । स्मरण रहोस् धोकेबाज डानेल विरुद्ध बाटिस्टाले आफ्नो दान गरेको मृगौलाको १५ लाख अमेरिकी डलर क्षतिपर्ूर्ति माग गरेका छन् ।

5

६. सम्भोगको ख्यालख्यालको खेल खेल्दा खेल्दै टोनी बोर्डर नामका पुरुष आफ्नै श्रीमतीद्धारा झुण्डाएर मारिए । क्यानडामा सन् २००८ मा यस्तो घटना भएको थियो । रातको समयमा सम्भोगकै क्रममा एक अर्कालाई झुण्डाउने खेलबाजी गर्ने क्रममा टोनीले आफ्नी श्रीमती क्रिस्टललाई केही बेर झुण्डाएजस्तो गरे र तल झारे । तर जब क्रिस्टलको पालो आयो उनले श्रीमानलाई साँच्चिकै झुण्डाइन् । १५ मिनेटसम्म झुण्डाएपछि बल्ल उनले लोग्नेलाई तल झारिन् जतिबेला सम्म टोनी लगभग मरिसकेको थियो । केही बेरपछि टोनीको मृत्यु भयो । ती महिला पक्राउ परिन् । उनले सेक्स गेमका बेला दर्ुघटनाबस यस्तो भएको बताएकी छिन् ।

७.अमेरिकाको जर्जियाकी महिलाले एक होइन ५ जना लोग्नेलाई मारिन् । अहिले ७६ वर्षपुगेकी ती महिला नर्थ क्यारोलिनास्थित जेलमा छिन् । ती महिलाले नयाँ नयाँ पुरुषसँग बिहे गर्दै, उनीहरुको हत्या गरेर विमा बापतको रकम कुम्ल्याउने मनसायले त्यस्तो गरेको बताइन्छ ।

7

८. अस्टेलियाकी एक महिला विकी लिभिंगले एक गोहीका निमित्त आफ्ना लोग्नेसँग डिभोर्स गरिन् । सन् १९९६ देखि पालेको गोहीलाई उनले यति धेरै माया गरिन् की उनी लोग्ने सँग डिभोर्स गर्न तयार भइन् । लोग्नेले कि गोही रोज, कि मलाई रोज भनेर दिएको विकल्पमा उनले गोही रोजिन् र सन् २००५ मा लोग्नेसँग डिभोर्स गरिन् ।

8

९.साउदी अरेबियामा एक महिलाले लोग्नेले अनुहार देखाउन आग्रह गरेपछि सम्बन्ध विच्छेद गरिन् । विवाह भएको ३० वर्षछि लोग्नेले बर्ुकाभित्र रहेको आफ्नो अनुहार हर्ेर्ने कोसिस गरेपछि ती ५० वर्षी महिलाले लोग्नेलाई तलाक दिएकी हुन् । एक रात सुतेको बेलामा लोग्नेले उनको बर्ुका हटाएर अनुहार हर्ेन थालेको बेला उनी अकस्मात ब्युँझिन् । उनी पति सँग निकै रिसाइन् र तलाक मागिन् । लोग्नेले अब त्यसो नगर्ने भनि लाख बिन्ति गर▒े तर उनले मानिनन् र डिभोर्स भयो ।

No comments:

Post a Comment