Saturday, July 6, 2013

टपलेस मोडलको ताँती भएको भिडियोले यु–ट्युवमा तहल्का मच्चाउँदै


टपलेस मोडलको ताँती भएको भिडियोले यु–ट्युवमा तहल्का मच्चाउँदै



काठमाडौं, असार, हिजोआज चर्चित अमेरिकी अभिनेता, गायक जस्टिन टिम्बरलेकको एउटा म्यूजिक भिडियोले यु–ट्युवमा तहल्का मच्चाईरहेको छ । टिम्बरलेक उक्त म्यूजिक भिडियोको नाम ‘टनल भिजन’ हो । यो नयाँ म्यूजिक भिडियो गत बुधबार इन्टरनेटमा सार्वजनिक गरिएको थियो ।

त्यसपछि बाट उक्त म्यूजिक भिडियोले तहल्का मच्चाउन सुरुनै गर्यो । उक्त म्यूजिक भिडियोमा कयौं मोडहरु टपलेस भएर नृत्य गरिरहेका देखिन्छन् । यसका साथै स्वंय गायक टिम्बरलेक पनि भिडियोमा एक ‘न्यूड’ महिलाका साथमा देखिएका छन ।

यो भिडियो निकै उत्तेजक, अश्लील र नंग्नताले भरिपूर्ण भएका कारण यु–ट्युवले केही समयपछिनै यस भिडियोलाई हटाईदिएको थियो । तर, अहिले यो भिडियो पुनः यु–ट्युवमा आएको छ ।

यो टिम्बरलेकको भिडियो हेर्नका लागी दर्शकहरूले यु–ट्युवमा ‘साइन इन’ गर्नु पर्नेछ । यस भिडियोमा १८ बर्ष माथिकाहरूले मात्रै हेर्न सकुन् भनेर यसो गरिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जनाए अनुसार स्वंय गायक टिम्बरलेकले पनि आफ्नो ट्वीटर मार्फत आफ्नो उक्त भिडियोमा निकै आपत्तिजनक दृष्यहरू रहेको भनेका छन । साथै उनले यो भिडियो सबै उमेर र समुदायका लागि भने नभएको कुरा बताएका छन ।

No comments:

Post a Comment