Sunday, July 7, 2013

यौन क्रियामा लिप्त सात जोडी प्रहरी नियन्त्रणमा

 यौन क्रियामा लिप्त सात जोडी प्रहरी नियन्त्रणमा

धनगढी, २३ असार । यौन क्रियाकलापमा संलग्न भएको भन्दै कैलालीको अत्तरिया बजारस्थित विभिन्न तीन होटेलबाट शनिबार दिउँसो प्रहरीले सात जोडी युवा युवतीलाई पक्राउ गरेको छ । अत्तरियाका होटलहरूमा खुलेयाम बढेको यौन क्रियाकलापले विकृति बढेको जनगुनासो आएपछि गएको प्रहरी टोलीले सात जोडीलाई अपत्तीजनक अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक विष्णुबहादुर सिंहले बताउनुभयो । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान सुरु गरिएको सिंहले बताउनुभयो । पछिल्लो केही समययता धनगढी, अत्तरियालगायतका सहरी क्षेत्रमा खुलेयाम बढ्दै गएका यौन क्रियाकलापका घटनाले सामाजिक विकृति विसंगति निम्त्याइरहेको भन्दै यस्ता गतिविधि रोक्न सबैले पहल गर्नुपर्ने स्थानीय सर्वसाधारणको भनाइ छ

No comments:

Post a Comment