Monday, July 1, 2013

सम्भोग गर्दागर्दै झ्याल भाँचिएर खस्दा दुबै जनाको मृत्यु

सम्भोग गर्दागर्दै झ्याल भाँचिएर खस्दा दुबै जनाको मृत्यु सुन्दा पनि अचम्मका घटना घट्छन् । कति लाजै मर्नु, भन्न पनि असजिलो हुने । यस्तै घटना घटेको छ चीनमा । घरको झ्यालमा नांगै संभोग गरिरहेको अवस्थामा खसेर एक जोडिकै एकैठाउँमा चिहान परेको छ । झ्यालमा अडेस लागेर सम्भोग गरिरहंदा झ्याल भत्किँदा दुवैको घटनास्थलमै मृत्यु भएको हो । प्रत्यक्षदर्शीहरुका अनुसार झ्याल भांचिएपछि सम्भोग गरिरहेका महिला र पुरुष दुवैजना अँगालोमा च्याँपिरहेकै अवस्थामा तल खसेका थिए । मध्यचीनको वुहान सहरमा भएको घटनाको स्थानिय प्रहरीले समेत पुष्टि गरेको छ । यौनमा लिप्त जोडि भुईंमा बजारिंदा मसेत दुवै अंगालोमा बेहोसी अवस्थामा कसिएको देखेको प्रत्यक्षदर्शिहरुको भनाइ छ । भुइँमा महिला र पुरुषको नग्न शव छुट्टाछुट्टै रुपमा कपडाले छोपेर राखिएको र भुईंमा रगत लत्पत्तिएको अवस्थामा फोटो सार्वजनिक भएको छ । घटनाका सन्दर्भलाई लिएर चीनिया अनलाइनहरुले स्थानिय घरहरुको संरचना कमजोर भएको तथा चीनमा यौनका घटना बढ्दो मात्रामा रहेको भन्दै सजगता र सचेतना जगाउनुपर्ने टिप्पणीहरु गरेका छन । कतिपय अनलाइनहरुले भने घटनालाई मनोरञ्जनको मसलाको रुपमा पस्तुत गरेका छन ।

No comments:

Post a Comment