Wednesday, February 6, 2013

आँखा छली यौन सम्बन्ध राखेपछि…,

आफ्नो लोग्ने वा स्वास्नीलाई छलेर परस्त्री वा परपुरुषसँग लहसिनेहरुको संख्या बढ्दा डिभोर्सको दर घटेको देखिएको छ । यो तथ्य हाम्रो देशको भने होइन ।
बेलायतमा पछिल्लो समयमा दम्पतीहरुमा एकले अर्कोको आँखा छलेर अरु कुनै व्यक्तिसँग अवैध सम्बन्ध गाँस्ने चलन बढ्दै गएपनि सम्बन्ध विच्छेदका घटनामा भने कमी आएको देखिएको छ । सरकारी तथ्यांकले पछिल्लो ३० वर्षमा धोकाधडकिा कारण हुने डिभोर्सको संख्या आधा जसोले घटेको छ । तर विवाहित महिला पुरुषलाई परस्त्री वा परपुरुषसँग डेटिङको मौका जुराइदिने एक वेबसाइटका अनुसार पछिल्लो समय परपुरुष तथा परस्त्रीसँग सम्बन्ध गाँस्न इच्छुक विवाहित महिला पुरुषको संख्या निकै बढेको छ ।
उक्त डेटिङ वेबसाइट मार्फत यस्तो अवैध रोमान्सका लागि जोडी भेटाउनेको संख्या निकै बढिरहेको छ ।
एस्ले मेडिसन डट कमका संस्थापक नोएल बिडरम्यानका अनुसार धोकाधडीका यस्तो चलन बढ्दै गएपनि दाम्पत्य जिवन टुंगिने घटना भने कम हुँदै गएका छन् ।
यस्तो उल्टो हुनुको कारण खोतल्दै नोएल भन्छन् यस्ता अवैध सम्बन्ध स्थापित गर्ने बाटो निकै सजिलो र गोप्य बन्दै गएको र त्यसको बारेमा पार्टनरले सुइँको सम्म नपाउने गरेकाले पार्टनरले धोकाधडीको गन्ध नै पाउन सक्दैन । यस्तो हुँदा लोग्ने स्वास्नी मध्ये कुनै एकजना अरु नै सँग रोमान्समा भुलिरहेको भएपनि अर्कोलाई पत्तो हुँदैन ।
कतिपय अवस्थामा दुबैजना अरु कुनै दुइ जनासँग मस्ती गरिरहेका हुन्छन् एक अर्काको आँखा छलेर । तर एक अर्काको त्यस्तो मस्ती दुबैजनालाई थाहा हुँदैन । दुबै जनाले एक अर्कालाई पंगु बनाएको मनमनै ठान्दै बस्छन् । कुनैदिन कसैगरी त्यस्तो सम्बन्धको खुलासा भयो भने दुबै जना नै मुछिएका हुनाले एक जनाको हात माथि पर्ने कुरा भएन । अनि तैँ चुप मै चुप ।
बेलायतको यो ट्रेन्ड हाम्रोमा ठ्याक्कै मेल नखान सक्छ । वास्तवमा धोकाधडी यसरी बढ्दै जाँदा पनि दाम्पत्य जिवनमा खटपटको दर घट्नु हाम्रो लागि उल्टो कुरा जस्तो लाग्दछ । तर प्रविधिको विकाशले सम्बन्धहरुमा ल्याएको फरकपनाका कारण पश्चिमा समाजमा यो कुरा सामान्य बनिसकेको छ ।

No comments:

Post a Comment