Sunday, January 6, 2013

महिलाहरु ध्यान पुराएर मात्र जानुस नत्र अश्लिल MMS बनाईदेलान पापीहरुले


महिलाहरु ध्यान पुराएर मात्र जानुस नत्र अश्लिल MMS बनाईदेलान पापीहरुले
भारतको बिहार राज्यको पटनामा उपचार गराउन आएकी एक युवतीको चिकित्सकले अश्लील एमएमएस बनाएर करिब एक महिनासम्म बलात्कार गरेको खुलासा भएको छ । चिकित्सकले सहयोगीसँग मिलेर यो अपराध गरेको अनुसन्धानमा खुलेको छ ।

दुई सातादेखि बेपत्ता ती युवती मंगलबार विक्षिप्त अवस्थामा पटनाको दानापुर रेल्वे स्टेसनमा फेला परेकी थिइन् । परिवारजनले चिकित्सकमाथि छोरीको एमएमएस बनाएको, अपहरण र बलात्कार गरेको अभियोग लगाएको छ ।

१५ अगस्टमा शल्यक्रियाको क्रममा चिकित्सक रमेशप्रसाद सिंहले अश्लील एमएमसए तयार गरेको ती युवतीले बताइन् । यसपछि चिकित्सक सिंह र उनका दुई सहयोगीले ब्लाकमेल गर्दै धेरै दिनसम्म बलात्कार गरेको उनले पीडा सुनाइन् ।

२६ सेप्टेम्बरमा छोरी बेपत्ता भएपछि परिवारजनले राजीव नगर प्रहरीचौकीमा उजुरी हालेका थिए । छानविन जारी रहेकै बेला रेल्वे स्टेसनमा ती युवती फेला परेकी थिइन् । चिकित्सकले बोलाएर हात खुट्टा बाँधेर अपहरण गरेको उनले जानकारी दिइन् ।

No comments:

Post a Comment