Monday, January 7, 2013

ए.टि.एम.चलचित्रले इच्छा पूरा नभएपछि के गरिन् नायिका जियाले...


ए.टि.एम.चलचित्रले इच्छा पूरा नभएपछि के गरिन् नायिका जियाले...
केही समय मात्र भएको छ नायिका जिया केसीको अश्लिलताले नेपाली सिनेमा क्षेत्र नै धरासायि बन्छ कि भन्ने शंका उब्जिएको । एक समय नेपाली सिने बजारमा चलचित्र ए.टि.एमको प्रोमोले निकै सनसनी मच्चाएको थियो । जसका कारण यसका निर्माता तथा कलाकार दिनेश थापाले अनुहार नै छोपेर हिँड्नुपरेको थियो । त्यस्तै ए.टि.एम चलचित्रकै कारण नायिका जिया केसी सर्वाधिक आलोचनाकी पात्र बनेकी थिइन् । अहिले यस्तै भएको छ निर्देशक यादव सिलवाललाई । ए.टि.एम निर्देशन गरेपछि निकै विवादमा फसेका यादवले वेश्या पुरुषहरुको कथामा आधारित चलचित्र जिगिलो पनि निर्देशन गरेको खुलासा भएको छ । चलचित्रको शुभमुहूर्तमा सञ्चारकर्मीहरुलाई झुटो समाचार दिएर जिगिलोको निर्देशन तिलक नेवाले गर्ने भनिएपनि यादव नै यसको निर्देशक भएको खुलासा भएको छ । छायांकन सुरु भएपछि ए.टि.एमकै नायिका जिया केसीलाई पनि सिनेमा भित्र सुटुक्क अनुवन्धित गराइएको थियो । अहिले जिगिलोको सम्पूर्ण छायांकन सकिएको छ । नायिका केसीले एक अनलाईन मिडियालाई बताए अनुसार उनले ए.टि.एममा भन्दा पनि निकै उत्तेजक दृश्य जिगिलोमा दिएकी छिन् । जसमा उनी पुरुषहरुलाई भाडामा सेक्स चाहना पूरा गर्ने भूमिकामा छिन् । जिगिलो प्रभावकर श्रेष्ठले निर्माण गरेका हुन् आफूले अनुहार नै देखाउन नसक्ने गरी सिनेमा निर्माण, निर्देशन तथा अभिनय गरेर के उपलब्धि होला ? यदि जियाले बताएको सत्य हो भने जिगिलोले पनि नेपाली सिनेमा हलहरुमा प्रदर्शनको लागि ठाउँ नपाउने पक्का छ ।भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

No comments:

Post a Comment