Wednesday, January 9, 2013

सनी लियोन नर्भस भइन


सनी लियोन नर्भस भइन

पुस २६, पोर्नस्टारबाट बलिउड फिल्ममा प्रवेश गरेकी सनी लियोनले पोर्न फिल्ममा काम गर्नु र फीचर फिल्ममा काम गर्नुको फरक बल्ल थाहा हुन लागेको छ । यहि कारणले नयाँ बलिउड फिल्म रागिनी एमएमएस २ का लागि जुन वर्कशप गरिएको थिइ । त्यस वर्कशपमा आफ्नो रोलका बारेमा नजिकबाट नियाल्न पुगेकी उनी त्यतिखेर नर्भस भएकी थिइन् । उनलाइ यसमा अभिनय कसरी गर्ने भन्ने कुरा समेत राम्रोसंग ज्ञान भएन, जसका कारण उनी एक्कासी नर्भस भएकी थिइन । अन्तत उनले आफुलाइ संयमित गर्दै लगिन र आफ्नो ट्र्याकमा आउन सकिन् ।

भारतीय मिडियाहरूका अनुसार जिस्म २ मा सनीको अभिनयमा कच्चापन देखेर ‘रागिनी एमएमएस २’ की निर्माता एकता कपूरले यस फिल्मको शूटिङ शुरू हुनु अघि एक वर्कशपको आयोजना गरेकी थिइन् । यस फिल्ममा एकता कुनै प्रकारको जोखिम उठाउन चाहन्नन् । यसै कारण उनी सनीलाइ एक राम्रो अभिनेत्रीका रूपमा अभिनय गराउँन चाहन्छिन् ।


सनीले बताए अनुसार उनले कुनैपनि फिल्मका लागी जिवनमा पहिलो पटक यस प्रकारको वर्कशपमा भाग लिएकी थिइन् ।  जिस्म २ मा उनलाइ सेटमानै के गर्ने भन्ने कुरा बताइएको थियो । यहि कारणलेनै उनी नर्भस भएकी थिइन् । फिल्मसंग सम्बन्धित व्यक्तिहरूका अनुसार रागिनी एमएमएस २ फिल्म एक हरर-थ्रिलर कथामा आधारित फिल्म हो, तर यसमा पनि सनीको बोल्ड तथा हट दृश्यहरू हुनेछन् । यस फिल्मको निर्देशन भूषण पटेलले गर्दैछन् ।

फिल्मको वर्कसपमानै नर्भस हुने यी नव अभिनेत्रीले फिल्ममा भने कस्तो गर्नेहुन, त्यो हेर्न भने केही समय कुर्नैपर्छ ।

No comments:

Post a Comment