Friday, January 4, 2013

पहिलोपटक यौन सम्र्पक गर्दा ध्यान दिनुपर्ने कुरा



पहिलोपटक यौन सम्र्पक गर्दा ध्यान दिनुपर्ने कुरा


हाम्रो समाजमा यौनका बारेमा कुरा गर्नु अहिले पनि लाजसरमको विषय मानिन्छ । कतिपय त गर्भनिरोधक औषधि तथा अस्थायी साधन कन्डमको नाम लिनसमेत लाज मान्छन् । जसकारण पनि पहिलोपटक यौनसम्पर्क कसरी गर्ने भन्नेबारे सल्लाह लिन चाहने कतिपयले आफ्ना कुरा मनमै दबाएर राख्ने गरेका हुन्छन् । पहिलो यौनसम्पर्कको पल सबैका लागि यादगार हुन्छ ।



मानिस आफ्नो पहिलो यौन सम्र्पकलाई अविस्मरणीय बनाउन चाहन्छन् । तर, पर्याप्त सल्लाह र सीपको अभावका कारण कुरा बिग्रने गर्दछ । सानो गल्ती र कमजोरीले पनि जीवनभर पछुतो हुन सक्छ । त्यसकारण पहिलोपटक यौन सम्र्पक गर्दा ध्यान दिनुपर्ने अत्यावश्यक कुरा निम्न छन् ।



कन्डम प्रयोग गर्नु
विशेषगरी नवविवाहित दम्पती पहिलो यौनसम्पर्कलाई लिएर निकै उत्साहित हुने गर्छन्, जसकारण उनीहरूले धेरै कुरा ख्याल गर्दैनन् । अधिकांश जोडी जोसमा होस गुमाउने गर्छन् । कतिपयले कन्डम प्रयोग गर्न जरुरी मान्दैनन् । जसकारण बिहे गरेको केही दिनमै पत्नी गर्भवती हुन्छिन् । नचाहँदा नचाहँदै भएको गर्भधारणले उनीहरूलाई पश्चात्ताप हुन्छ । प्रायः नवविवाहित पहिलो यौनसम्पर्कको अनुभव अनौठो हुन्छ भन्ने ठान्ने गर्छन् । यो अनौठो त हुन्छ नै । तर, कहिलेकाहीँ एउटाको मीठो अनुभव अर्काका लागि पीडादायक पनि हुन सक्छ । त्यसकारण एक-अर्काको सल्लाह र रुचिअनुसार मात्र सम्पर्क गर्नुपर्छ ।



नक्कलदेखि सावधान
इन्टरनेटको जमाना, त्यसमाथि पोर्न फिल्म, फोटोग्राफी र साइटको बिगबिगी । अचेलका युवायुवतीले स्कुल-कलेज लाइफमै पोर्न फिल्म हेर्ने गरेको पाइन्छ । जसमा अप्राकृतिक यौनसम्पर्क पनि देखाइने गरिन्छ । पहिलो यौनसम्पर्कको वेलामा आफूले हेरेको पोर्न फिल्मको नक्कल गर्ने कोसिस कहिल्यै पनि गर्नुहँदैन । त्यसले दाम्पत्य जीवनमै संकट पैदा गर्न सक्छ । यौन एउटा कला हो, त्यसकारण पहिलो यौनसम्पर्कलाई जतिसक्यो कलात्मक बनाउनुपर्छ । पछि, आफ्नो पार्टनर पनि अभ्यस्त भएपछि आपसी सहमतिमा जे पनि गर्न सकिन्छ । यसप्रति ध्यान दिनु जरुरी छ ।



हतार नगर्नु
अधिकांश युवक पहिलोपटक यौनसम्पर्क गर्दा हतार गर्छन् । हतार गर्ने बानी घातक हुन्छ । हतार गर्नाले कतिपय युवक सम्पर्क नगर्दै स्खलित हुन्छन् । जसले गर्दा पत्नी असन्तुष्ट हुन्छिन् । यसले पति र पत्नी दुवैलाई ग्लानिको आगोमा जलाउँछ । त्यसकारण हतार नगरी प्रेमपूर्वक सम्भोग गर्नुपर्छ । यौन विशेषज्ञहरू भन्छन् कि पुरुषको दाँजोमा उत्तेजनामा आउन महिलालाई धेरै समय लाग्छ । त्यसकारण सम्पर्क गर्नुअघि पुरुषले फोर-प्ले (प्राक्क्रीडा) मा विशेष ध्यान दिनुपर्छ । पत्नीलाई उत्तेजनामा ल्याउन पतिले उनलाई चुम्बन गर्ने, उनको शरीरका संवेदनशील अंगमा स्पर्श गर्नेलगायत यौन क्रियाकलाप गर्नुपर्छ । पत्नीलाई उत्तेजनामा ल्याएपछि मात्रै यौनसम्पर्क सुरु गर्नु बेस हुन्छ ।



पत्नीको भावना बुझ्नु
कतिपय पत्नी पतिका अगाडि खुलेर कुरा गर्न सक्दैनन्, पतिलाई दुःखी बनाउन चाहँदैनन् । जसकारण उनीहरू आफू सन्तुष्ट भएको झुट बोल्छन् । तर, पतिले पत्नी यौनसम्पर्कबाट साँच्चै सन्तुष्ट छिन् कि छैनन्, विचार गर्नुपर्छ । पतिले आफ्नो मात्रै सन्तुष्टि हेर्नुहँदैन । पत्नीसँग सल्लाह गरेर अघि बढ्नुपर्छ । पति-पत्नीमा असमझदारी पैदा हुने प्रमुख कसी यौन असन्तुष्टि हो, त्यही भएर पहिलो यौनसम्पर्कमै यी कुरा विचार गर्नु जरुरी हुन्छ ।

No comments:

Post a Comment