Wednesday, January 2, 2013

गीतमा चुम्बन गरिदिएपछि सलमान खान खेदोमा उत्रिए

मुम्बई, पुस ८ - बलिउडका किङ खान शाहरुखलाई ओरालो लागेको करिअरलाई पछिल्लो रिलिज फिल्म 'जब तक हे जान' ले थोरै भए पनि राहत दियो । तर उत्तिकै विवाद र तनावमा पनि तान्यो । अजय देवगणसँग फिल्म जुधाएपछि उनी केही नायकहरूको घेराबन्दीमा परे । आफ्नी पूर्वप्रेमिका कैट्ररिना कैफलाई को- स्टार खेलाउनुका साथै एक गीतमा चुम्बन समेत गरिदिएपछि सलमान खान खुलेरै उनको खेदोमा उत्रिए । सलमानले यतिले नपुगेपछि शाहरुखसूग राम्रो 'दोस्ती' राखेकी प्रियंका चोपडालाई नै पछ्याउन थाले । यसअघि 'डन' को- स्टार पि्रयंकाले शाहरुखलाई माया जालमा पारेर घरबारमै अप्ठ्यारो पारेको समेत समाचार आएका थिए । तर तिनै प्रियंकासँग राति सूगै देखिनुका साथै विदेशमा समेत एउटै होटलमा पाइएपछि सलमान- पि्रयंकाको नयाँ रोमान्सको अड्कल काटिएको थियो । तर यति हुूदा पनि पि्रयंकाको शाहरुखसँगका लिंकअपका समाचार आउन भने घटेका छैनन् । सोमबार मात्रै शाहरुखले नयाँ फिल्म 'ह्याप्पी न्यु इयर' का लागि फराह खानसँग नायिकाका लागि प्रियंकाको लबिङ गरेको खबर आएको थियो । तर त्यसको एक दिनपछि भने शाहरुखले समाचारप्रति तीव्र असन्तोष पोखेका छन् । 'जब मान्छेको हाउभाउ र बोलीमा तालमेल मिल्दैन तब उसले झूट बोलेको प्रस्टै थाहा हुन्छ,' टि्वटरमा रिस पोख्दै शाहरुखले लेखेका छन्, 'समाचारमा पनि त्यस्तै हुन्छ जब यसको हेडलाइन र समाचारका शब्दबीचमा मिल्दैन ।' टि्वीटरमा उनको रोष यतिमै सीमित छैन । थप्दै भनेका छन्, 'धेरैजसो समय मानिसलाई अरूका बारेमा जान्न रुचि हुँदैन बरु उसका बारेमा भन्दै हिँड्न मन पराउँछन् र आफैंले मनगढन्ते कथा बनाएर दिन्छन् ।' किङ खानको टि्वटमा लगत्तै समर्थन व्यक्त गर्दै पि्रयंकाले प्रतिक्रिया दिएकी छन्, 'मन्जुर छु तर उनीहरु कथा बनाएरभन्दा सबैभन्दा रुचिकर हुने भएकैले त यसो गरेका होलान् नि । आशा छ, सुटिङ गजब हुनेछ ।' फराह खान स्वयंले पनि समाचारमा आएका कुराप्रति असहमति जनाइसकेकी छन् । उनले पनि एकाबिहानै आफूले पनि बनावटी समाचार पढेको टि्वटरबाटै जानकारी दिूदै लेखेकी छन्, 'बिहानै ह्याप्पी न्यु इयरका बारेमा काल्पनिक समाचार पढें । हाम्रो फिल्मको लिडिङ एक्ट्रेसका बारेमा हामीलाई नै बताइरहेका थिए ।' प्रियंकासँगको लिंकअपका कारण बिग्रेको पारिवारिक सम्बन्ध बल्ल बल्ल मिलाएका शाहरुखलाई अचानक आएको उक्त हल्लाले भने तनावमा दिएको रहेछ

No comments:

Post a Comment