Thursday, January 3, 2013

नेपाली नायिकाहरुको ल्यापटपमा ब्लुफिल्म


फिल्म क्षेत्रमा नवनायिकाहरुको खबु शोषण हुन्छ भन्ने सुनिन्छ । ‘निर्माता, निर्देशकको कठपुतली नबनेसम्म नायिका बन्छु भनेर कल्पनै नगरे पनि हुन्छ’ भन्नेहरु धेरै छन् । तर, नेपाली फिल्म क्षेत्रमा संघर्षरत नायिका महिमा सिलवाल भने यी सबै कुरा ‘हावा’ भएको बताउँछिन् । आधा दर्जन फिल्म उत्तिकै संख्यामा म्यूजिक भिडियोमा अभिनय गरेकी महिमासँग नागरिक शुक्रबारका लागि सजना बराललको अन्तरंग कुराकारी । दसैंको प्लानिङ के छ ? –यसपाली हजुरआमा बित्नु भएकाले टीका लगाईंदैन । तर, घर (चितवन) जाने हो । खसी काटेको हेर्न एकदमै मन पर्छ साथीभाइसँग भेटघाट गर्ने, पिङ खेल्ने, तास खेल्ने ।

 कति बजेट छुट्टाउनु भएको छ ? –५० हजार । त्यत्रो खर्च गर्नुहुन्छ ? –किन धेरै हो र ? भनेपछि तासमात्रै हैन, जुवा नै खेल्नुहुन्छ जस्तो छ नि ? ड्रिंक पनि टन्नै गरिन्छ जस्तो छ ? –त्यस्तो केही गर्दिन । तासमा जुटपत्ति बाहेक अरु केही खेल्नै आउँदैन । ड्रिंक त झन् कहिल्यै गर्दिन । तपाईले कति वसन्त पार गर्नुभयो ? –२० वर्षकी भएँ ? पढाई कहाँसम्म पुग्यो त ? –पाटन मल्टिपल क्याम्पसमा ब्याचलर्स सेकेन्ड इयरमा पढ्दै छु । कलजेमा केटाहरुले ‘लास्टै ¥याक’ हान्छन् होला नि, हैन ? –केटी जिस्काउनु त केटाहरुको बानी नै हो नि । तर, म कलेजै जान्न, कसरी ¥याक हान्नु ? यो ग्ल्यामर फिल्डमा लाग्न कत्तिको कसरत गर्नुप¥यो त ? –खासै परेन । फेमिलीलाई कन्भिन्स गर्न अलिक गाह्रो भा’थ्यो । सुरुसुरुमा चाँहि दिनरात काम गर्नुपर्दा हैरान हुन्थे । निर्माता–निर्देशकले बोलाएकै टाइममा सुटिङ स्पटमा पुग्नुपर्ने । भोक, प्यास, निन्द्रा सबथोक भुलेर काम गर्न साह्रै गाह्रो हुन्थ्यो । बाहिर हामीले सुनेको नयाँ हिरोइनहरुलाई निर्माता–निर्देशकले साह्रै दुःख दिन्छन् रे, हो ? –तपाईंले कुन सेन्समा सोध्नुभएको ? तपाईंले कुन सेन्समा बुझ्नुभएको ?
 
–यौन शोषण सम्बन्धी कुरा गर्नुभएको हो भने त्यस्तो केही पनि हुँदैन । बजारमा सुनिएका कराहरु सबै ‘हावा’ हुन् । पहिलो पटक क्यामरा अगाडि एक्टिङ गर्दा कस्तो अनुभव भयो त ? –फस्र्ट टाइम नै रेप सिन गर्नुपरेको थियो, मैल । जाडो महिनाका बेला रातभरि सुटिङ गर्नुपरेको थियो । त्यसमाथि म यति नर्भस थिएँ कि कुरै नगरौं । ‘मैले गरेको मिलेको छैन कि’ जस्तो फिल भईरहन्थ्यो । तपाईंको करियरको पहिलो सिन नै ‘रेप’को ? –हाहाहा….। इन्ट्रोडक्टरी सिन नै त्यस्तै थियो क्या ! म (हिरोइन) जिम हलमा हुन्छु । केटाहरुले मलाई जिस्काउँछन् । हाम्रो झगडा पर्छ । तिनीहरुले मलाई रेप गर्न खोज्छन् । त्यहीबेला हिरोको इन्ट्री हुन्छ उसले मलाई बचाउँछ । यस्तै यस्तै….. अभिभावकलाई सुनाउनुभयो त पहिलो सिनको अनुभव ?

–रातभरि सुटिङ भयो । बिहान एकैछिन घर गएकी थिएँ । बहिनीलाई त सुनाउन भ्याएँ । तर, दिउँसो फेरि अर्को सुटिङमा जानुपरेकाले ममी–ड्याडीलाई चाँहि सुनाउनै भ्याईंन । तीन दिनपछि मात्रै सुनाएकी थिएँ । ‘हाम्रो बदनामी हुने काम चाँहि नगर, अरु तेरै जिम्मा’ भन्नुभएको थियो । यो फिल्डका नराम्रा पक्ष के–के भेट्नुभयो, अहिलेसम्म ? –हिरोइन–हिरोइनबीच खुट्टा तान्ने प्रवृत्ति छ । अरुले प्रगति गरेको देखि नसक्ने आरिसेहरु धेरै छन् । राम्रो फिल्मको वेटिङमा छु भन्नुभयो । कस्ता फिल्म राम्रा हुन्छन् त ? –जे छ, त्यही देखाउने खालका फिल्म राम्रा हुन्छन् । मतलव ? –कुनै फिल्म हिट हुनका लागि त्यसले समाजको वास्तविकतालाई जस्ताको त्यस्तै देखाउन सक्नुपर्छ । अहिलेको जेनेरेसनले रुचाउने खालको फिल्मको पर्खाइमा छु । कस्तो फिल्म रुचाउँछन् जस्तो लाग्छ अहिलको जेनेरेसनले ? –‘हल्का’ ग्ल्यामर भएका र रियालिडी बेस्ट फिल्म । उसो भए, तपाईंले खेल्ने फिल्म खुब ग्ल्यामर हुन्छन् ? –अँ, एकदमै । कस्तो केटा ‘हिरो’ लाग्छन्, तपाईंलाई ? – केटीलाई सम्मान गर्ने, मिठो बोल्ने, पढेलेखेको र हाइटी केटा । आफू कत्तिको राम्री छु जस्तो लाग्छ नि ? –म त एकदमै राम्री छु । राम्री मान्छेलाई कतिजनाले ‘लाइन मारिसके’ त ? –लाइन मार्ने केट त बाटैभरि भेटिन्छन् । प्रपोज चाँहि ३०–४० जनाले गरे होलान् । कतिजनाको एक्सेप्ट गर्नुभयो ? –कसैको पनि गरिन । मलाई लभ–सभमा विश्वासै छैन ।

करिअरप्रति सचेत छु । मेरो दिमागमा त ‘सक्सेस’ मात्र घुमिरहन्छ । अहिलेसम्म एउटा पनि ब्वाईफ्रेन्ड बनाएकी छैन भन्न खोज्नुभएको हो ? –हो नि । भनेजस्तो केटै भेटेको छैन । बेडसिन दिन सक्नेले रियल लाइफमा सेक्सको अनुभव चाँहि गर्नुभएको छ कि छैन ? –बिलकुल छैन । बरु, ब्लु फिल्म चाँहि हेरेकी छु । कहिलेकाँही साथीहरुले दिन्छन् । राति घर लगेर ल्यापटपमा हेर्छु । काउकुती लागेको जस्तो फिल हुन्छ । ‘महिमा त हिरोहरुलाई टङ किस दिन एकदमै माहिर छिन्’ भन्ने हल्ला छ नि ? – हाहहाहाहा…. बकवास कुरा ! तपाईं कस्तो नेचरको मान्छे ? –खुला ह्रदयकी, सिम्पल र सिधा टाइपकी छु । हल्का बाठी, फ्य्रांक र जिद्दी स्वभाव छ मेरो ।

No comments:

Post a Comment