Monday, January 7, 2013

वेश्यालयमा नेपाली युवती क्रिम, पाण्डर र लाली घस्दै

वेश्यालयमा नेपाली युवती क्रिम, पाण्डर र लाली घस्दै
वेश्यालयमा नेपाली युवती क्रिम, पाण्डर र लाली घस्दै ए भाई यता आउनुहोस् ! पुरानो दिल्लीको अजमरीगेटको नम्बर ६४ को सांघुरो कुनाभित्र छिर्नेवित्तिकैको पहिलो ढोकामा एउटी अधवैशे महिलाले भनिन् । सांघुरो कोठामा ४०-५० युवती थिए । अधिकांश नेपाली मूलका युवतीहरुमध्ये कोही मुखमा क्रिम, पाण्डर र लाली घस्दै थिए । कोही चाहिं पुरुषहरुलाई यौन सर्म्पर्कका लागि डाक्दै थिए । सयको संख्यामा कोठामा छिरेका युवकहरु युवती छान्दैथिए । उनीहरु संवेदनशील अंगमा छाम्दैथिए । एउटी युवतीलाई पुरुषले चेपेर उचालिरहेका थिए । रक्सीमा मस्त त्यो युवकसंग युवती जिस्किरहेकी थिइन् । संगै राखिएको लामो कुर्सीमा युवतीहरु मोलतोल गर्दैथिए । एउटा युवकले यौन सर्म्पर्कका लागि भनेपछि तामाङ मूलकी युवतीले भनिन्,’दो सो चाहिए ।’ उसले गोजीबाट दुइ सय भारतीय रुपियां झिकेर दिएपछि युवती वेश्यालय संचालककोमा पुगिन् । एक सय त्यहां दिइन् अनि सानो दराजबाट कण्डम झिकेर सांघुरो कोठामा पुरुषसंगै छिरिन् । नम्बर ६४ दिल्लीमा सबैभन्दा चर्चित रहेछ । नेपाली मूलका युवतीहरु रहने भएकाले बढी चर्चित भएको रहेछ । अन्य क्षेत्रका युवतीभन्दा नेपाली युवतीहरु सुन्दर हुने भएकाले ग्राहकहरु बढी जान्छन् । एउटै युवतीले एक घण्टामा तीन पुरुषसंग सर्म्पर्क गरिन् । आफूलाई लक्ष्मी भन्ने ती युवतीले भन्छिन्,’दैनिक हजार देखि तीन हजार आइसीसम्म कमाई हुन्छ ।’ कमाई राम्रो बच्ने भएकाले नेपालमा गएर राम्रो घरजम गर्ने रहर सुनाइन् ।६४ नम्बरमा चारवटा विभिन्न कोठा छ ।

वेश्यालय संचालक चारैजना नेपाली युवती छन् । अववैशै युवतीहरु प्रत्येकले एउटामा ३० देखि ५० युवती राखिएका छन् । १६ वर्षदेखि ३५ वर्षसम्मका युवतीहरु ग्राहकलाई आकषिर्त गर्न विभिन्न उपाय अपनाइरहेका देखिन्छन् । रुप बिग्रिइसकेका र उमेर कटेकालाई भने निकै समस्या देखिन्थ्यो । उनीहरु आफै ग्राहकलाई मोल घटाएर भएपनि आग्रह गरिरहेका देखिन्थे । राम्रा देखिने युवतीहरुलाई भने भ्याई नभ्याई थियो । आफूलाई कान्छी बताउने युवती भन्छिन्,’राम्री देखेर मात्र जानु बेक्कार हुन्छ, धेरै युवकसंग सर्म्पर्क हुनेहुदा खतरा हुनसक्छ ।’ यद्यपि कण्डम विना यौनसर्म्पर्क नगर्ने हुदा यौन रोगप्रति युवतीहरु सचेत देखिन्थे । रक्सी र चुरोट वेश्यालयभित्र सामान्य रहेछ । चर्को गर्मी छल्न ठाउं ठाउंमा पंखा गुमाइएको थियो । चुरोटको धुंवा पंखाको हावासंगै रंगमगिदै थियो । कोलाहल हदभन्दा बढी थियो । युवतीसंग बस्ने भन्दा त्यहांको रंगिन दुनियां हर्ेन जानेको संख्या धेरै थियो । युवतीहरु असाध्यै छाडा बोली बोल्ने गर्दारहेछन् । जानेवित्तिकै सिधै अपशब्द बोल्दारहेछन् । तामाङ लवजमा एक युवतीले भनिन,जाने हो ।

युवतीहरुका लागि आइतबार सबैभन्दा उपयुक्त दिन रहेछ । आइतबार दिल्लीमा बिदा हुनेभएकाले अजमरीगेटमा मान्छेको भीडा लाग्दोरहेछ । गेटबाट केही मिटर पश्चिम लाग्नेवित्तिकै युवकहरु आएर राम्रा केटी भएको ठाउंमा लगिदिने भन्दारहेछन् । दलाल भनिने त्यस्ता युवकहरु अपराधिक काममा संलग्न भएको बुझियो । उनीहरु राम्रो केटीकोमा लगिदिने भन्दै लुटपाट गर्दारहेछन् । अजमरीगेटको वेश्यालय माथिल्लो फ्ल्याटमा छन् । तल्लो तलामा होलसेल पसलहरु थिए । ढोका ढोकामा अधवैशै युवतीहरु ग्राहकलाई आकषिर्त गरिरहेका थिए । विभिन्न नम्बर लेखिएका सानो ढोकाहरुमा छिरेर सांघुरो कोठाहरुमा युवतीहरु बसेका थिए । दिल्लीमा नेपाली जत्तिकै बंगाली युवती पनि माग बढी रहेछ । विहारी युवतीको माग भने खासै रहेनछ । तर उनीहरुनै बढी संख्यामा देखिन्थे । विहारी युवतीहरु छोटा लुगा लगाएर बसेका देखिन्थे । नेपालीहरु चाहिं करुता सुरुवाल या साडी लगाएका देखिन्थे । वेश्यालयहरुलाई भारतीय सरकारले करको दायरामा राखेको रहेछ । त्यस क्षेत्रमा सुरक्षा पनि कडा देखिन्थो । बाहिरतिर प्रहरीहरु ठाउं ठाउंमा देखिन्थे । रेड लाइट एरिया तोकेर राखिएको अजमरीगेटको वेश्यालय र नेपालमा रहेका अघोषित वेश्यालयको संख्या गन्दा नेपालमै धेरै रहेको ठहरमा पुगें । दिल्लीको एउटामात्र स्थानमा वेश्यालय छ । तर काठमाडौंमा मात्र ठाउं ठाउंमा अघोषित वेश्यालय छन् । रोक्ने नसक्ने गरी फैलिएको अघोषित वेश्यालयलाई करको दायरामा नराखे यसले भविष्यमा डरलाग्दो अवस्था आउने निश्चित देखिन्छ । असुरक्षित रुपमा संचालित काठमाडौंका अघोषित वेश्यालयका कारण एचआइभी संक्रमितको संख्या बढ्ने सम्भावना छ जुन कण्डम विना यौन सर्म्पर्क नहुने दिल्लीमा कमै खतरा छ ।

No comments:

Post a Comment