Tuesday, January 1, 2013

बस पार्क नजिक होटलमा छापा मार्दा अवैध शारिरीक सम्बन्ध राख्ने ८ व्यक्ति पक्राउ

बस पार्क नजिक होटलमा छापा मार्दा अवैध शारिरीक सम्बन्ध राख्ने ८ व्यक्ति पक्राउ विराटनगर बस पार्कनजिक विभिन्न होटल तथा लजमा प्रहरीले छापा मारी अवैध शारीरिक सम्बन्ध राख्ने महिलासहित आठ व्यक्तिलाई आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बस पार्कअगाडिको धनकुटा लज, ओम प्यालेस लज तथा होटल शान्ति लजबाट अवैधसम्पर्क गर्नेलाई पक्राउ गरिएको बताइएको छ । पक्राउ पर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । पक्राउ पर्नेमा दुई विवाहित र दुई अविवाहित महिला रहेको र तिनीहरु मधेसी समुदायका रहेको प्रहरीले छानबिन क्रममा बताएको छ । विराटनगरमा अवैध शारीरिकसम्बन्ध अर्थात् वेश्यावृद्धि बढ्दै गएको प्रहरीले जनाएको छ । वेश्यावृद्धि कारोबार नियन्त्रण गर्न प्रहरीले होटल तथा लजमा छापा मारी पक्राउ गर्ने गरेको छ । रासस

No comments:

Post a Comment