Wednesday, January 9, 2013

फोहोरी ओछ्यानमा सुत्छन धेरैजसो ब्रिटेनवासी !

पुस २६, प्रयाजसो मानिन्छ कि ब्रिटेनका मानिसहरू साफ-सफाईमा निकै ध्‍यान राख्दछन् । तर हालै गरिएको एक अध्ययनबाट भने आधा भन्दा धेरै ब्रिटेनबासीहरू फोहोर ओछ्यानमा सुत्ने गर्दछन् ।

यस अध्‍ययनमा बताइए अनुसार बिछ्यौनामा राख्ने तन्ना महिनामा एक पटक फेर्नुपर्दछ । यदि यस्तो नगरिएमा अस्थमा, एक्जीमा र राइनिटिस हुने खतरा रहन्छ ।

समाचार पत्र डेली मेलका अनुसार लण्डनको एक प्रसिद्ध शिक्षण अस्पतालका पेडियाट्रिक एलर्जिस्ट एडम फक्सले फोहोर विछ्यौनामा रहेको फोहोर तन्ना भएका कारण यसले मानिसको स्वास्थ्यमानै गम्भिर प्रकारका समस्याहरू निम्त्याउन सक्ने भन्दै चेतावनी दिएका छन् ।

यस अध्ययनमा २००० भन्दा धेरै मानिसहरूलाइ समभागी गराइएको थियो ।  यस अध्ययनबाट के थाहा भयो भने ब्रिटेनमा आधा भन्दा धेरै मानिसहरू यस प्रकारको फोहोरी ओछ्यानमा सुत्ने गर्दछन् साथै उनीहरू नियमित रूपमा उक्त बेड कभर परिबर्तन गर्दैनन् । यसका लागी महिलाहरू पुरुषहरूको तुलनामा धेरै दोषी पाइएको छ ।


फक्सले बताए अनुसार हाम्रो शरिरबाट दैनिक रूपमा लाखौंको संख्यामा छालाका मृत कोशिकाहरू झर्ने गर्दछन् । त्यसको ठुलो संख्या हाम्रो ओछ्यानमा खस्ने गर्दछ । साथै हाम्रो हमारे शरीरबाट निस्कने पसिना र तैलीय पदार्थहरूपनि ओछ्यानमा नियमित खसिरहेको हुन्छ ।

जसका कारण उक्त बेड कभरमा धुलो खाने कीटाणु पनि ठुलो मात्रामा आकर्षित हुने गर्दछन् । जब स्वासका माध्ययमले यी हाम्रो शरिरमा जान्छन, त्यस पछि तीनिहरूले हाम्रो शरिरमा अस्थमा, राइनिटिस बनाउने गर्दछन । जसले गर्दा एक्जीमालाइ बढाउने गर्दछन् ।

त्यसैले उनले हामीलाइ नियमित रूपमा ओछ्यानको तन्न परिवर्तन गरिरहनु पर्ने सल्लाह दिएकी छन् ।

No comments:

Post a Comment