Monday, January 7, 2013

जेसिका सिम्पसनले प्रेग्नेन्सीको फोटो ट्‍विटरमा हालिन

रडार अनलाइनको एक रिपोर्ट अनुसार ३२ वर्षीय यी स्टारले तस्वीरका साथमा आफ्नो उकासिएको पेटका कारण गर्व महसूस भैरहेको कुरा समेत लेखेकी छन् । क्रिसमसमा उनले आफ्ना प्रेमी एरिक जोनसनसंग आफु दोश्रो पटक गर्भवती भएको कुरा ट्विटर मार्फत बताएकी थिइन् । उनले हवाईमा आफ्ना परिवारका साथमा छुट्टि मनाउन जाँदा आफ्नो गर्भवती भएको प्रमाण स्वरूप सबैलाइ आफ्नो बढेको पेट देखाएको कुरा समाचारमा उल्लेख गरिएको छ । सिम्पसनसंग उनका प्रेमीबाट सात महिनाकी एक छोरी म्याक्सवेल पनि छिन्

No comments:

Post a Comment