Monday, January 7, 2013

यो ब्रा हो कि बन्दुक ?

यो ब्रा हो कि बन्दुक ?
महिलाको भित्री वस्त्र ब्रा अब ब्रा मात्र रहेन । मूल्य चुकाउने हो भने र
देशको कानुनले अनुमति दिन्छ भने अब यो बन्दुक राख्ने ठाउँ पनि भएको छ । ओकोहामाको लुपर ल इन्फोर्समेन्ट कम्पनीले यस्तो खाले ब्रा निकालेको छ र त्यसलाई नाम दिइएको छ ‘फ्ल्यासब्याङ ब्रा’ । अमेरिका बजारमा त यो बिक्रिका लागि पनि राखिएको छ ।

कम्पनीका अनुसार, ‘फ्ल्यासब्याङ ब्रा’ मा होल्स्टर राखिएको छ, जसमा २० प्रकारका पिस्तोल राख्न सकिन्छ । कुनै कारणले ब्रामा घुसाइएको पिस्तोल निकाल्न पर्यो भने सालाखाला डेढ सेकेन्ड भए पुग्छ । अमेरिकामा यसको मूल्य कर बाहेक ४० अमेरिकी डलर राखिएको छ ।

No comments:

Post a Comment