Thursday, January 3, 2013

सनी लियोनलाइ भारतीय मिडियाले टाउकोमा टेकायो !


पुस २०, सनी लियोन एक पोर्न स्टार हुन । उनलाइ भारतमा यति धेरै प्रसिद्ध कसले बनायो ?  दिनदिनै भारतका सबैजसो समाचारपत्रहरूको शिर्षमा उनी देखिन थालेकी छन् । सनीले यसो गरिन् । उनलाइ यो मन पर्छ, जस्ता कुराहरूले भारतीय समाचारपत्रहरू भरिएका हुन्छन् । जुन पोर्न स्टारलाइ विदेशमा कसैले चिन्दैनन, तिनैलाइ मिडियाले भारतमा इन्टरनेशनल स्तरको स्टार बनाइदिएको छ ।

भारतीय घरहरूको ड्रोइङ रूममा राखिदिएका छन्, यहाँका मिडियाहरूका कारण । उनलाइ स्वीकार गर्न भारतीय जनतालाइ बाध्य बनाइएको छ । सनी अहिले मात्र पैसा कमाउनका लागी भारतमा टिकिरहेकी छन् ।

सनीका कारण अहिले पुरै भारतको छबि बिग्रिएको कुरा बिष्लेशण गरिएको छ । नयाँ बर्षको अबसरमा दिल्ली ग्याङरेपका कारण दुखमा डुबेको दिल्लीको बारेमा उनको भल्गर डान्सका लागी प्रकाशित समाचारहरू मध्ये एक “दर्द में डूबी दिल्ली में सनी लियोन के ठुमके…” जस्ता समाचारहरू अहिले भारतीय छापाका शीर्षमा प्रकाशन भैरहेका छन् ।




ती मध्ये केही पत्रिकाका स्तम्भकारहरू भने अहिले सनीको यस प्रकारको प्रसिद्धिमाथी खुलेर नै लागेका छन् । उनीहरूले एक पोर्नस्टारलाइ रातारात प्रसिद्ध बनाउनुमा भारतीय सञ्चारमाध्यमहरूलाइ दोष दिइरहेका छन् । मिडियाहरू पनि पपुलारिटीका लागी जस्तो सुकै समाचारलाइ पनि प्राथमिकता दिने गरेको उनीहरूले बताएका छन् ।

के भोलीका दिनमा सनीको लोकपृयतामा कमी आउला त? यस्तै प्रश्नहरू अहिले मिडियाहरूमा सुनिन थालेका छन् ।

No comments:

Post a Comment