Tuesday, January 8, 2013

रक्सी यस्तो लाग्यो कि अचेत भएछु-गायीका अन्जु पन्त

 रक्सी यस्तो लाग्यो कि अचेत भएछु-गायीका अन्जु पन्त
(Watch Video Clip- पुरा भिडियो हेर्नुहोस्)

गाडी किन्नुभयो ?

छैन, काठमाडौंमा ट्याक्सी नै चढ्छु। गाडी किन्ने पैसाले घरै बन्छ।

उसो भए घर बनाउनुभयो त ?

भर्खरै एकतलाको घर किनेर तला थप्दैछु।

एउटा गीत गाएको कति लिनुहुन्छ ?

परिस्थिति र सम्बन्ध हेरेर लिन्छु। यति नै भन्ने छैन।

कतिवटा गीत गाइसक्नुभयो ?

एक वर्ष जतिअघि नै ५ हजार पुगेको थियो। त्यसपछि गनेको छैन।

किन क्रिस्चियन हुनुभएको ?

सानोमा दिदीले मलाई चर्च लिएर जानुहुन्थ्यो। मेरो गायनको सुरुवात प्रभुको स्तुति गाएरै भएको हो। चर्च गएपछि म मेरा टेन्सनहरू बिर्सन्छु र  रिलिफ महसुस हुन्छ।

डिभोर्सपछिको जीवन कस्तो छ ?

एक्लो जीवन झनै आनन्द। छोरी हुर्काइरहेकी छु। एकल निर्णय गर्न सिकेकी छु।

पुनर्विवाहको सोचाइ छ ?

एकपटक गरिसकेको गल्ती फेरि दोहोर्‍याउन चाहन्नँ।

सबैभन्दा दुःखद क्षण ?

बुबा र दाइ बित्दा।

चलचित्रमा कुन नायिकालाई तपाईंको पाश्र्वगायन बढी सुहाएको जस्तो लाग्छ ?

रेखा थापा, झरना थापा र केकी अधिकारी।

कुन नायिकाका लागि पाश्र्वगायन गर्ने मन छ ?

मनीषा कोइरालाका लागि ।

मीठो गरी पकाउन आउने कुरा ?

पोर्क ग्रेभी।

मात्ने गरी पिएको घटना ?

मेरी आमा तामाङ भएकीले उहाँले छोरी बाइस दिनको हुँदा उतैको चलनअनुसार मलाई चिसो नलागोस् र बच्चीका लागि प्रशस्त दूध आओस्  भनेर रक्सी तताएर ख्वाउनुभएको थियो। रक्सी यस्तो लाग्यो कि म अचेतजस्तै भएर घण्टौं निदाएछु।

दुई सेक्सी स्वदेशी पुरुष ?

पाइलट तथा अभिनेता विजय लामा र उद्यमी विजय गजानन्द वैद्य

सबैभन्दा खुसी भएको क्षण ?

छोरी परितोषिकाको जन्म भएको बेला ।

बिहान उठ्दा लिंग परिवर्तन भएर सुन्दर युवक हुनुभएछ भने ?

सायद मलाई सबैका सामु म गायिका अञ्जु पन्त नै हो भनेर प्रमाणित गर्न गाह्रो पर्ला।

No comments:

Post a Comment