Tuesday, January 8, 2013

प्रेमीसँग कुरा गर्न ढिलो नगर्नुहोस्

 प्रेमीसँग कुरा गर्न ढिलो नगर्नुहोस्
धेरैजसो पुरुषले सम्बन्धमा रहँदा कुनै न कुनै बेला आफ्नी प्रेमीकासँग खेल खेल्न रुचाउँछन् । यदि तपाईंलाई यस्तो खेल धेरै भइरहेको जस्तो लाग्छ भने, आफ्नो प्रेमीसँग कुरा गर्न ढिलो नगर्नुहोस् । केटाहरुले खेल्ने खेल यसप्रकार रहेका छन्:

१. निडर र बलवान् रुपः धेरैजसो पुरुषहरु आफ्नी प्रेमिकाको अगाडी निडर र बलवान् साबित गर्ने गर्छन् । उनीहरु जहिले पनि निडर रहेको र केहि कुराले छुन नसक्ने भन्ने कुराको साबित गर्न चाहन्छन् । तर, सबै पुरुषहरु निडर र बलवान् हुँदैनन् र उनीहरुको यस्तो रुप देखावटी मात्र हुने गर्दछ । यदि तपाईंको पुरुषले तपाईंलाई साच्चै माया गर्नुहुन्छ भने उनले तपाईंको मन पर्ने कुरा गर्नका लागि निडर र बलवान्को रुप त्याग्न सक्छन् ।

 २. तिमीले यो गरेको भए राम्रो देखिन्थ्योः यदि तपाईंको ब्वाइफ्रेन्डले तपाईंलाई तिमीले तिम्रो कपालको स्टाइल, लुगा लगाउने शैली अथवा तौल थोरै भएको राम्रो हुन्थ्यो भनेर बारम्बार भनिरहनु भएको छ भने त्यो कुरालाई मनमा लिएर चिन्तित भएर नबस्नुहोला । आफूलाई के सुहाउँछ भनेर तपाईंलाई पनि राम्रोसँग थाहा छ । यदि उहाँले तपाईंको सानो सानो कुरालाई औंल्याएर परिवर्तन गर्ने सल्लाह दिनुहुन्छ भने हुनसक्छ उहाँको पनि रिलेसनसिप स्टेटस परिवर्तन गर्ने दिन नजिकिँदै छ ।

३. उहाँले माया र वास्ता गरेको ढोंग गर्नुहुन्छः यदि तपाईंको पुरुषले तपाईंसँग सेक्स गर्न चाहनुहुन्छ भने तपाईंलाई फकाउनको लागि उहाँले जे पनि गर्न सक्नुहुनेछ । याद राख्नुहोस् उहाँले साँच्चै तपाईंको तारिफ गरिरहनुभएको छ कि झुटो बोलिरहनुभएको छ । यदि उहाँको बानी नै यस्तो हो भने यसमा शंका गर्नुपर्ने कुरा केहि पनि छैन तर यदि उहाँको व्यवहारमा एक्कासी परिवर्तन आएको हो भने यसको पछाडि पक्कै पनि केहि स्वार्थ लुकेको हुन्छ ।

४. ब्रेकअप र प्याच अपः कुनै पनि सम्बन्ध एकनासको हुनु अत्यावश्यक हुन्छ । सम्बन्धमा रहँदा आफ्नो मनमा जे आयो त्यहि गर्नु त्यति बुद्धिमानी ठानिँदैन किनभने त्यसमा अर्को व्यक्तिको मुड र आत्मियता जोडिएको हुन्छ । यदि तपाईंको पुरुषले एक दिनमा ब्रेक अप दिन्छ र अर्को दिनमा नै प्याच अप भन्छ भने कि त तपाईंको पुरुष निकै मुडि हुनुहुन्छ कि त उहाँमा निर्णय गर्ने क्षमता कम भएको मान्नुपर्छ कि उहाँलाई आफ्नो मायालाई कसरी अघि बढाउने भन्ने कुराको नै ज्ञान नभएको भनेर बुझ्नुपर्छ । यस्तो छ भने, उहाँसँग कुरा गर्नुहोस् र आफूले सम्बन्धलाई एकरुपता दिन चाहेको कुरा बताउनुहोस् ।

No comments:

Post a Comment