Wednesday, January 2, 2013

दिदीसंग यौनसम्पर्क गरिसकेपछि दिदीको मुन्टो बटारेर हत्या


हाडनाताकरणी गरी दिदीको हत्या गरेको अभियोगमा सिन्धुलीको पुरानो झागाझोली-२, नाङ्गेडाँडा निवासी एक युवकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने मृतक गीता थापाको काकाको छोरा सीताराम थापा भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।मृतक थापा दुई दिनअघि विष सेवन गरेर मृत अवस्थामा घरमा फेला परेपछि अनुसन्धानका क्रममा करणी गरी हत्या गरेको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक गीतासँग सहमतिमा नै हत्या भएको दिन राति करिब ८ बजे दिदी-भाईबीच यौनसम्पर्क भएको र यौन सम्पर्कका क्रममा दिदी गीताको आवाज अर्कै घरमा सुतेकी आमा रितुमायाले सुनेर छोरीको कोठामा पुग्दा यौन सम्पर्क गरिरहेकै बेला आपत्तिजनक अवस्थामा पाएको थापाले प्रहरीसामु बयान दिएका छन् ।आमाबाट यो खबर फैलिन सक्ने भयले दिदी गीताले विष ल्याइदिन भनेपछि विष सेवन गर्न दिएको र विष सेवनपछि छटपटाइ रहेकी दिदीको मुन्टो बटारेर हत्या गरेको थापाले साविती बयान दिएका छन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

No comments:

Post a Comment