Wednesday, January 9, 2013

नृत्य गर्दा जति नाङ्गिन्छिन् त्योभन्दा बढी नाङ्गिन पुगेकी छिन् एउटा भनाइ नै छ– ‘जो नाच्छ ऊ धेरै बाँच्छ…।’

नृत्य गर्दा जति नाङ्गिन्छिन् त्योभन्दा बढी नाङ्गिन पुगेकी छिन् एउटा भनाइ नै छ– ‘जो नाच्छ ऊ धेरै बाँच्छ…।’ अर्थात् नृत्य आफैंमा नराम्रो होइन । यसले अरूलाई मनोरञ्जन मात्र गराउँदैन कि आफ्नो शरीर पनि राम्रो बनाउँछ र यसलाई सकारात्मक रूपमा लिने, सोच्ने र त्यसैअनुरूप व्यवहार गर्नेका लागि नृत्य विधा राम्रो र उच्चकोटिको विधा हो । तर, नृत्यको बहानामा गलत काम गर्नेहरू भने आफैँ भाग्ने गरेका छन् । त्यो त आफूमा भर पर्ने कुरा हो । आफूले चिनेको मान्छेहरू आफू नाच्ने ठाउँमा आउँदा नर्तकीले त झनै उत्साहित भएर आफ्नो नृत्य प्रतिभा प्रस्तुत गर्नुपर्ने हो । अझ त्यसमाथि सिनेमा खेल्न आतुर हुनेले त झनै निर्माता–निर्देशकहरू आए भने यसैलाई अवसर मानेर आफ्नो प्रतिभा देखाउनुपर्ने हो, यदि उसले ठूला गफ गरेर आफ्नोबारे गलत सन्देश नबाँडेको भए । तर, एउटा चलचित्र खेलेर आफूलाई धनाढ्य युवती भनेर आफ्नो परिचय गराउँदै मेरो यतिवटा रेस्टुरेन्ट छ उतिवटा रेस्टुरेन्ट छ भन्दै आफूप्रति आकर्षित गराउन खोज्ने एउटी युवती केही समयअगाडि नृत्य गर्दा उनी जति नाङ्गिन्छिन् त्योभन्दा बढी नाङ्गिन पुगेकी छिन् । तिनी हुन् सुनिता गन्धर्व र कुरा हो दुबईको । कन्यादान नामक सिनेमाका निर्देशक शोभित बस्नेतले यिनलाई अभिनय गराएका हुन् । केही म्युजिक भिडियो र विज्ञापनहरू पनि खेलेकी यिनको बारेमा निर्देशक बस्नेत पनि खुवै चर्चा गर्दथे । ‘दुबईमा तीन–चारवटा रेस्टुरेन्ट भएकी राम्रो परिवारकी केटी रहिछे । यस्ती केटी सिनेमा लाइनमा आउनुपर्छ’ भनेर सुनिताको प्रशंसा गर्ने शोभित पनि त्यतिबेला तीनछक परे जब कि केही समयअगाडि मात्र दुबई गएर नेपाल फर्किएका अन्य चलचित्रकर्मीहरूले सुनितालाई डान्स रेस्टुरेन्टमा नाचेको प्रत्यक्ष देखेको कुराले बजारमा रामै्र स्थान जमायो । ‘उता नाचेको पैसाले यता नेपालमा निकै चुरीफुरी देखाउने सुनिता एक महिना नेपालमा हुन्छिन् भने तीन महिना दुबईमा हुनुको अर्थ यो पो रहेछ,’ ती चलचित्रकर्मीले भने । उनीहरूले भनाइ थियो, ‘आफू जे हो त्यो भन्न किन ढाँट्ने ? आखिर नाच्नु नराम्रो त होइन ।’ दुबईमा आयोजना भएको एक कार्यक्रममा सहभागी बन्न उता गएका ती चलचित्रकर्मीलाई स्थानीय नेपालीले डान्स रेस्टुरेन्टतिर जाने आग्रह गर्दा उनी पनि त्यता पुगे । भित्र छिर्नासाथ हिन्दी गीतमा निकै कामुक पहिरनमा नाचेकी ती युवतीलाई पहिले कतै देखेको आभाष उनलाई भयो । पछि यो थाहा भयो, ती युवती त सुनिता रहिछिन् र तिनै निर्मातासँग फिल्मको रिहोइन बनाइदिन धेरैपटक आग्रह गर्न पनि आएकी रहिछन् । आफूसमक्ष खेलाइदिन आग्रह गर्न आउँदा करोडौँको गफ गर्ने सुनितालाई त्यो अवस्थामा देख्दा उनी आफैं तीनछक परे । आफूले चिनेकी युवतीसँग कुरा गर्न उनलाई पनि मन लाग्यो, तर पाँच घण्टासम्म कुर्दा पनि सुनिता नआएपछि निराश भएर ती निर्माता काठमाडौं फर्किए । ‘मैले त सकारात्मक कुरा गर्न खोजेको थिएँ । तर, उनी आफैँ गलत रहिछिन् र मलाई देख्नासाथ भागिन्,’ उनले भने । आफ्नो वास्तविकता छर्लङ्ग भएपछि निकै अप्ठ्यारोमा परेकी सुनिताले अब काठमाडौं आएपछि कस्तो गफ देलिन् ? त्यो हेर्न बाँकी छ ।

No comments:

Post a Comment