Wednesday, January 2, 2013

प्रचण्ड र बाबुरामभन्दा अमेरिकी बब खतरनाक : अफगान माओवादी

प्रचण्ड र बाबुरामभन्दा अमेरिकी बब खतरनाक : अफगान माओवादी १८ पुस, काठमाडौं । अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलन (रिम)को सदस्य रहेको अफगानिस्तानको माओवादी पार्टीले नेपालका प्रचण्ड र बाबुरामभन्दा अमेरिकी माओवादी नेता बब अभायकिन खतरनाक रहेको निश्कर्ष निकालेको छ । आरसीपी अमेरिकाले नेपालका माओवादीबारे गरेको पत्राचारको जवाफ दिनेक्रममा आफगान माओवादीले प्रचण्ड, बाबुराम र बब तीनैजनालाई ‘उत्तर मालेमावादी संशोधनवादी’ को संज्ञा दिएको छ । ‘सैद्धान्तिक हिसाबले प्रचण्ड र बाबुरामको संशोधनवादभन्दा पनि आरसीपी अमेरिकाका नेता अभायकिनको संशोधनवाद गहिरो र फराकिलो छ । तर, आधारभूत रुपले प्रचण्ड, बाबुराम र अभायकिनको उत्तर मालेमावादी संशोधनवादमा कुनै भिन्नता छैन ।’ – रिमसँग भर्खरै विद्रोह गरेर नयाँ अन्तराष्ट्रिय माओवादी संगठन बनाउने पहलमा लागेको अफगान माओवादीले बबलाई लेखेको पत्रमा भनेको छ । ‘यो तथ्य हो कि रिमलाई विघटन गर्न प्रचण्ड बाबुरामले महत्वपूर्ण भूमिका खेले । तर, अभायकिनको भूमिका पनि कम रहेन ।’ आफगान माओवादीले रारसीपी अमेरिकाका नेता अभायकिनले रिमका सदस्यमाथि ‘सुपरपावर’ को ‘हेजिमोनी’ देखाएको र आफ्नै पार्टीभित्रको अन्तरसंघर्षमा आफ्नो दलका नेता माइक एलीलाई हटाएको आरोपसमेत लगाएको छ । बबले अघि सारेको ‘न्यू सेन्थेसिस’ (नयाँ संश्लेषण) सिद्धान्तलाई प्रचण्डपथ र गोञ्जालो विचारधाराजस्तै ‘अभायकिनपथ’ को संज्ञा दिएको छ । यसलाई एक्काइशौं शताब्दीको संशोधनवादको उपमासमेत दिएको छ ।अफगान माओवादीका अनुसार पेरुकोभन्दा नेपालको माओवादी जनयुद्धमा देखिएको विचलन खतरनाक छ । र, यसविरुद्ध जुध्नु आफ्नो पार्टीको कर्तव्य भएको बताएको छ । अफगानी माओवादीले प्रचण्ड र बाबुरामको ‘संशोधनवाद’ विरुद्ध विद्रोह गरी नेकपा-माओवादी गठन भएकोमा खुशीसमेत प्रकट गरेको छ । त्यसैगरी जनयुद्धकालमा प्रचण्ड र बाबुरामले भारतलाई चिठी लेखेकोमा विरोध गर्दै आएको वैद्यपक्षीय माओवादीले अफगान लगायत विश्वभरिका माओवादीसँग भित्रभित्रै सम्बन्ध गाँस्ने प्रयत्न गरिरहेको छ । रिमको पुनर्गठन गर्ने सहमति यसैवीच बाबुराम, प्रचण्ड र बब अभायकिनका कारण अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलन (रिम) विघटन भएको भन्दै गत नोभेम्बर २४ मा हम्बर्ग जर्मनीको ह्याम्बर्गमा २० देशका माओवादी पार्टी र संगठनको सहभागितामा माओवादी पार्टी र संगठनहरुको अन्तरराष्ट्रिय सम्मेलन भएको र त्यहाँ भारतीय जनयुद्धको समर्थनमा ऐक्यवद्धता जनाइनुका साथै माओवादी पार्टीहरुको नयाँ अन्तरराष्ट्रिय संगठन बनाउने सहमति भएको खुलासासमेत भएको छ । करिब २ सय ५० जनाको सहभागिता रहेको सो सम्मेलनमा नेपालबाट भने सहभागिता थिएन । सम्मेलनमा अफगानिस्तान, नर्वे, इटाली, प|mान्स, ब्राजिल, स्वीडेन, जर्मनी, गालिसिया, ब्राजिल, प्यालेष्टाइन, कोलम्बिया, क्यानडा, श्रीलंका लगायतका मुलुकका प्रतिनिधिहरु सहभागी थिए । सन् १९८४ मा १७ देशका माओवादी पार्टी र संगठन मिलेर अन्तराष्ट्रिय कम्युनष्टि आन्दोलन (रिम) गठन गरिएको थियो । जनयुद्धकालदेखि नै नेपालको माओवादी रिमको सदस्य थियो । अहिले पनि एमाओवादी र माओवादी दुबैले आफ्ना दस्ताबेजमा रिमसँग सम्बन्ध विकास गर्ने बताएका छन् । तर, रिम फुटिसकेको र विश्वका अधिकांश पार्टीहरु नेपाल र अमेरिकाका माओवादी नेताको विरोध गर्दै भारतीय माओवादीको समर्थनमा खुलेर लागेका छन् । भाकपा माओवादी पनि यसअघि रिमको सक्रिय सदस्य थियो

No comments:

Post a Comment