Tuesday, January 8, 2013

बलात्कार गर्ने नेतालाई यसरी कुटियो (तस्विर सहित)

पुस,गुवाहाटी। भारतको राजधानी दिल्लीमा भएको बलात्कारको घट्ना पछि भारत भरि महिला हिसा विरुद्ध जबरजस्ता जनमत बनेको छ। भारतका विभिन्न राज्यमा महिला हिंसा विरुद्ध आन्दोलन चलिरहेको छ भने भारतिय मिडियाहरुमा यसैले प्राथमिकता पाएको छ।

भारतको पुर्वी राज्यमा आसाममा सर्वसाधरणले बलात्कार गरेको आरोप लागेका एक कांग्रेस नेता माथि कुटपिट गरेका छन् । आसाम राज्यका सिनियर कांग्रेसी नेता बिक्रम सिंह ब्रह्मालाई सर्वसाधारणले कुटपिट गरेर लुगा समेत च्यातिदिएका थिए।

नेता ब्रह्माले एक दुइ बच्चाकी आमालाई बलात्कार गरेको आरोप छ। उनले चिराग जिल्लाको सालबाडीमा एक महिलाको घरमा नै गएर बलात्कार गर्दै गर्दा गाउँलेहरु गएर कुटपिट गर्दै प्रहरीलाई बुझाएका थिए।प्रहरीले हाल उनलाई हिरासतमा लिएर छानविन शुरु गरेको छ । कांग्रेस पार्टीले पनि उनि दोषी पाइए कारवाही गर्ने बताएको छ। दिल्लीमा एक किशोरीको सामुहिक बलात्कार र पिडित युवतीको मृत्यु पछि भारतभरि महिला यौन उत्पिडन र हिंसा विरुद्ध आक्रोश बढेको छ।

No comments:

Post a Comment