Sunday, January 6, 2013

नेपाली युवतीलाई उनकै श्रीमानका कम्पनीमा काम गर्नेहरुले पालैपालो बलात्कार


यतिखेर दिल्लीस्थित इण्डिया गेटअघि बलात्कारको विरुद्धमा भारतीयहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकारीहरुले दिल्ली महिलाका लागि असुरक्षित रहेको बताइहरेका छन् । तर, यहीबेला भारतको अर्को एक प्रशिद्ध शहर मुम्बईमा एक नेपाली महिला सामुहिक बलात्कारको शिकार भएकी छन् ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार नेपालबाट आफ्नो पति भेट्न मुम्बई पुगेकी २० वर्षीया नेपाली युवती एकैदिन तीन जनाबाट बलात्कृत भई वेश्यालयमा बेचिन लागेको अवस्थामा भारतीय प्रहरीले उनलाई उद्धार गरेको छ । बलात्कारी तीनमध्ये दुईलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

नेपालबाट आफ्ना पति खोज्दै मुम्बई पुगेकी २० बर्षीया महिलालाई उनकै श्रीमान्का साथीहरुले श्रीमान्सँग भेट नगराई पालैपालो बलात्कार गरेको टाइम्स अफ इण्डियाले जनाएको छ । बिहे गरेर मुम्बईतिर लागेका पतिको खोजी गर्दै गत शुक्रबार मुम्बई पुगेकी अफ्सना (नाम परिवर्तन)लाई उनकै श्रीमानका कम्पनीमा काम गर्नेहरुले पालैपालो बलात्कार गरेको समाचारमा उल्लेख छ । उनीहरुले अफ्सनालाई बेश्यालयमा बेच्ने तयारी गरिरहेको अवस्थामा मुम्बई पुलिसले उद्दार गरेको समाचारमा उल्लेख छ ।

समाचारमा जनाइएअनुसार नेपाली चेलीलाई बेच्न गेष्ट हाउसमा राखिएको सूचना एक युवाले दिएपछि भारतीय प्रहरी उनको खोजी र उद्दारमा लागेको थियो । प्रहरीको १२ घण्टासम्मको खोजीपछि उनलाई कामाथिपुरास्थित एवन गेष्टहाउसमा बन्दी बनाएको अवस्थामा भेट्टाइएको थियो ।प्रहरीले पिडीत नेपाली महिलालाई उद्दार गर्दै बलात्कारमा संलग्न परवेज शेख र जुल्फिकर शेखलाई पक्राउ गरेको छ ।

No comments:

Post a Comment