Monday, January 7, 2013

२०० डलरमा सुन्दरीको लिलामी


२०० डलरमा सुन्दरीको लिलामी
                                           
परापूर्व कालमा मानिसहरू बिक्री गरेको त हामीले सुनेका छौं तर अब भने सुन्दरिहरू पनि खुल्लम खुल्ला लिलामी हुन थालेको छ । मलेशियामा एक राम्रो कामका लागी पांच जना चर्चीत हस्तिहरूले लिलामीमा आफ्नो बोली लगाएका छन् । यसै क्रममा पूर्व मिस मलेशिया वर्ल्ड नादिया हेन्ग २०० डलरमा बिक्री भएकी छन् । भारतीय मूलका एक वकीलले नादियालाइ खरिद गरेका थिए । नादिया ती पांच स्थानीय चर्चित व्यक्तिहरूमा समावेस छिन, उनीहरूलाइ उन्डीमिशिया रिसोर्स सेन्टर अपग्रेड गर्नका लागी लिलामी गरिएको थियो । रिसोर्स सेन्टरले सनिबार १५ सेप्टेम्बरका दिन आफ्नो पहिलो बार्षिकोत्सवका अवसरमा यस लिलामी कार्यक्रमको आयोजन गरेको थियो ।स्टार अनलाइनका अनुसार खरीदगर्नेहरू यी पांचै जना चर्चित हस्तिहरूका साथमा डेटमा जानेछन् । नादियाका अनुसार उनलाइ विक्री भएकोमा कुनै आपत्ति छैन किनभने यो एक राम्रो उद्देश्यका लागी गरिएको हो । त्यसैगरि ३८ बर्षका आईटी म्यानेजर एडम लू ले वकिल एडमण्ड बोनलाइ ४०० डलरमा किनेका थिए । यहि नै सबैभन्दा ठुलो बोली लगाइएको थियो । लू बोनका साथमा डेटमा जानेछन् । लू र बोनका लिलामीमा बोली लगाइएका अन्य चर्चित हस्तिहरूमा एफएचएम गर्ल नेक्स्ट डोर कन्टेस्ट २०१० की विनर योने सिम, डक्यूमेन्ट्री प्रोडयूसर सेरा सच्चा, अभिनेता टोनी यूसोफ रहेका छन्  २०० डलरमा सुन्दरीको लिलामी  भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला

No comments:

Post a Comment