Monday, January 7, 2013

अँध्यारोको मौका छोपी मानसिक सन्तुलन ठीक नभएको १७-१८ वर्षकी युवतीलाई बलात्कार

अँध्यारोको मौका छोपी मानसिक सन्तुलन ठीक नभएको १७-१८ वर्षकी युवतीलाई बलात्कार !
गौशाला,पुष । महोत्तरीको सिस्वाकटैया गाउँ विकास समितिमा आइतबारराति बोल्न नसक्ने युवतीमाथि बलात्कार भएको छ । नाम, थर, बतन बताउन नसक्ने अन्दाजी १७-१८ वर्षकी मानसिक सन्तुलन ठीक नभएको युवतीलाई अँध्यारोको मौका छोपी राति सिस्वाकटैया-१ बस्ने वर्ष १७ को सुधीरकुमार ठाकुरले बलात्कार गरेको प्रहरी नायब उपरीक्षक कुशलपुरुष ढकालले जानकारी दिनुभयो ।

ती युवतीलाई ललाइफकाई बलात्कार गरेको तर सो कुराको चाल स्थानीय बासिन्दाले पाएपछि युवक ठाकुरलाई पक्राउ गरी प्रहरीमा बुझाएको छ । प्रहरीले ठाकुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएको छ भने निजमाथि जबरजस्ती करणीमा मुद्दा चलाइने जनाएको छ । रासस

No comments:

Post a Comment