Wednesday, January 2, 2013

ब्लु फ्लिम देखाएर छोरीको बलात्कार


यौनको मामलामा मानिस हदै सम्म तल गिर्दै गइ रहेको हामीले  धेरै सुनेका अनि पढेका पनि छौं| यस्ता घटनाहरु हिजो आज   दिनानु दिन बढ्दै गईरहेका पनि छन्| त्यस्तै पत्याउनै गाह्रो हुने एक घटना इटहरीमा भएको छ | एक बाबुले आफ्नै छोरीलाई जबरजस्ती गरेको छ | सुनसरीको इटहरी -५, जनता बस्तिमा बस्ने मौले दर्जी आफ्नै १० बर्षीय छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् |
घरमा कोहि नभएको अबस्थामा छोरीलाई अस्लिल फिल्म देखाउदै उनले बलात्कार गरेकोले उनलाई स्थानीय बासिले समातेर प्रहरीलाइ बुझाएपछि घटना सार्बजनिक भएको थियो बालिकाले नै “बाबुले अस्लिल चलचित्र देखाएर मलाई जबरजस्तीगरे ” भनेर छिमेकीलाई भनेकी थिइन | प्रहरीका अनुसार मौलेले आफुले जबरजस्ति गरेको कुरा बाहिर भने छोरीलाई मारिदिने धम्कि पनि दिने गरेका थिए | प्रहरीले मौलेलाई जबर्जस्ती करणी तथा हाडनातासम्बन्धी कानुनअन्तर्गत कारबाही अघि बढाइएको छ | उनको घरबाट एक थान डिभिडी, अश्लील चलचित्रको सिडी र रिमोटसमेत प्रहरीले बरामद गरेको छ ।

No comments:

Post a Comment