Monday, January 7, 2013

१५ बर्षकी छोरीलाई मारिदिन्छु भन्दै धम्क्याएर बारम्बार बलात्कार

घरमा दुइवटी श्रीमती भएर पनि १५ बर्षकी किशोरीलाइ कसैलाई भने मारिदिन्छु भन्दै धम्क्याएर बलात्कार गरेका छन ललितपुर हरिसिद्वीका एक यौन पिपासुले । दुईवटी श्रीमती घरमै राखेर पनि आफ्नो यौनतिर ्खा मेट्नका लागि एक पन्ध्र वर्षीया किशोरीलाई सिकार गरे । त्यो पनि पटक–पटक उनकै घरमा घुसेर, परिवारकै सामुन्ने पनि । यी ब्यक्ती हुन ललितपुर हरिसिद्धि–१ का राजु महर्जन । ६ महिनादेखि आफ्नै गाउँकी १५ वर्षीया महिमा श्रेष्ठ (नाम परिवर्तन) किशोरीलाई बलात्कार गर्दै आएका मर्हजनलाई हाल प्रहरीले पक्राउ गरेको छ । महिमाका परिवारलाई विभिन्न धम्की दिएर उनले यौनप्यास मेट्दै आएका थिए । यस काममा महर्जनका श्रीमतीहरूले समेत आफ्नो श्रीमान्लाई सघाएको पीडित परिवारले बताएको छ ।


‘राजु घरमै आएर ढोका भत्काउन खोज्थ्यो,’ महिमाकी आमाले भनिन्, ‘खबर बाहिर गए परिवारका सबैलाई सिध्याउने धम्की दिन्थ्यो । आँखैअगाडि सबै कुरा हुँदा पनि कसैलाई भन्न सकेनौँ ।’ महानगरीय प्रहरी परिसर ललितपुरले आइतबार पीडितको मौखिक उजुरीका आधारमा राजुलाई पक्राउ गरेको हो । पीडितले किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको छैन । राजुलाई अहिले अनुसन्धानका लागि हिरासतमा राखिएको छ । स्थानीय सरकारी विद्यालयमा कक्षा सातमा पढ्ने महिमा अहिले एउटा बालगृहको संरक्षणमा रहेकी छिन् । उक्त राजुले गत वर्ष फागुन २८ गतेदेखि भदौ ९ गतेसम्म लगातार बलात्कार गर्दै आएको र यौन सम्पर्क गरेको भिडियो रेकर्डसमेत गरेका राजुले भिडियो गाउँभरि फैलाइदिने चेतावनी दिएको पनि बालिकाकी आमाले बताईन । सो भिडियो अहिले प्रहरीले लिएको पनि उनको भनाइ छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसपी वसन्त पन्तले राजुलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेको बताए । उनले भने, ‘बालिकासँग बयान लिँदा बलात्कार गरेको भनेकी छन्, ल्याब टेस्ट गर्न पठाएका छौँ, रिपोर्ट आएपछि सबै कुरा थाहा हुन्छ ।’ आफ्नो सम्पत्तिको आडमा गाउँमा रवाफ र दादागिरी जमाउँदै आएका राजुका दुई श्रीमती छन् । जेठी अम्बिका र कान्छी केशरी । राजुका दुवै श्रीमतीले आफ्नो घरको काम गर्न महिमालाई बोलाउने गर्थे । नाइँनास्ती गर्दा पनि केहीसीप लाग्दैनथ्यो । गत फागुन २८ गते कान्छी श्रीमती केशरी महिमालाई बोलाउन घरमै आइन् । महिमा विद्यालय जाने तयारीमा थिइन् । तर, केशरीले निकै कर गरेपछि उनी काम गर्न गइन् । घरको काम सकिएपछि केशरीले महिमालाई घर पठाइनन् ।उनका श्रीमान् राजुसँग घुम्न जाऊ भन्दै रेस्टुरेन्टतिर पो पठाइन् । महिमाकी आमाले भावुक हुँदै भनिन्, ‘मेरी छोरीलाई घर पठाउनुको सट्टा साउनीले त उनकै श्रीमान्सँग रेस्टुरेन्टतिर पो पठाइछन् ।’

स्थानीयले घुम्न गएको देखेपछि महिमाको आमासमक्ष त्यो खबर पुग्यो ।उनले छोरी महिमालाई गाली गरिन् र राजुकी दुवै श्रीमतीसँग घरमै पुगेर गुनासो पोखिन् । तर, उनीहरूले उल्टै झपारेर पठाएको उनी बताउँछिन् । सोही साँझ राजु महिमाको घरमै पुगे । ढोकामा हिर्काउँदै भित्र पसेर उनले यो कुरा बाहिर ल्याए सबैलाई सिध्याउने धम्की दिन थाले । राजुले बाहिर निस्किएकी महिमाकी आमालाई लछार–पछार गर्दै हातपातसमेत गरे । उनले भनिन्, ‘उनीहरू धनीमनी छन्, जे पनि गर्न सक्छन् । हामी कमजोर भएकाले हाम्रो पक्षमा कसैले बोलेनन् ।’ राजुको घरबाट महिमालाई बोलाउने क्रम रोकिएन, झन् बढ्दै गयो ।


पहिले राजुकी श्रीमती बोलाउन जान्छे, पछि राजु आफैँ जान थाले । धम्क्याउँदै जबर्जस्ती लिएर जान्थे । आमाले भनिन्, ‘छोरीको विद्यालय ४ बजे छुट्टी हुन्थ्यो, घरमा आउँदा साढे चार हुन्थ्यो । त्यतिबेलै राजु अथवा राजुकी श्रीमतीहरूलाई बोलाउन आउँथे र जबर्जस्ती लिएर जान्थे । त्यसपछि छोरी रातको आठ बजे मात्रै घर फर्कन्थी ।’ उनले थपिन्, ‘पछि त राजु प्रत्येक रातजसो नै कहिले ढोकाबाट त कहिले झ्याल र बार्दलीबाट हाम्रो घरभित्र छिर्न थाल्यो । पहिले लुकीलुकी कुकर्म गथ्र्यो, पछि त हाम्रै आँखाअगाडि गर्न थाल्यो । डरले पुलिसमा उजुरी गर्न सकेनौँ ।’ १ भदौको घटना सम्झिँदै उनले भनिन्, ‘हामी सधैँ झै झ्याल–ढोका बन्द गरेर सुतेका थियौँ । रातको करिब २:३० बजे राजु झ्याल फोडेर घरभित्र छिरेछ । हल्ला हुने डरले छोरीलाई मुख थुनेर आफ्नो घरमा लिएर गएछ । बिहानै राजुकी जेठी श्रीमती अम्बिका तिम्री छोरी मेरो घरको कोठामा पो रहिछ भन्दै आइन् । हामी अत्तियौँ । मैले मेरी जेठी छोरीलाई बुझ्न पठाएँ ।

त्यसबेला छोरीलाई त राजुको घरको सोफामुनि पो लुकाइराखेको रहेछ ।’ गहभरि आँसु पार्दै उनले ९ भदौको अर्को घटना सुनाइन्, ‘खेतको काम सकिएपछि हामी घर फर्कियौँ । साँझ छोरी नुहाउन जान्छु भन्दै सार्वजनिक धारा गई । पेटिकोट बेरेर ऊ नुहाउँदै थिई । त्यहीबेला राजु आइपुगेछ । उसले छोरीलाई जुरुक्कै बोकेर घरमा लगेछ । बल्ल–तल्ल छोरी पुत्किछ । तर, भाग्न खोज्दा राजुले शरीरको पेटिकोट नै फुकाली नांगै पारेछ । त्यति गर्दा पनि भागेर आइछ । चिच्याउँदै घरभित्र छिर्दा हामीले झन्डै नचिनेको । नांगै देखिपछि बल्ल–तल्ल मैले बर्को ओढाइदिएँ ।’ उनले अगाडि भनिन्, ‘डरका कारण हामीले स्थानीय प्रहरीमा उजुरी हाल्न सकेनौँ । तर, असैह्य भएपछि ज्यानको माया मारेर जावलाखेल आयौँ र उजुरी गर्‍यौँ ।’

महिमाको परिवार आर्थिकरूपमा विपन्न छ । बाबु सामान्य खेतिकिसानी गर्छन् । महिमाका बाबु र आमाको अन्तरजातीय विहे भएकाले स्थानीय समाजबाट पनि उनीहरु अपहेलित रहेका छन । प्रहरीले भने यस घटनालाई समाचारमा नल्याउन आग्रह गरे । ‘समाचारमा आयो भने घटना तोडमोड हुन सक्छ, मेडिकल रिपोर्ट आएपछि मात्रै केही भन्न सकिन्छ,’ उनले भने । आरोपीको प्रारम्भिक बयान प्रहरीले लिए पनि बयान बारे केही खुलाउन नचाहेको छापेको छ ।

No comments:

Post a Comment