Thursday, January 3, 2013

नाङ्गो फोटो यौटूबमा राख्दा के भयो ?

(Watch Video Clip- पुरा भिडियो हेर्नुहोस्)



बिना कुनै पर्मिसन अर्काको नाङ्गो फोटो कुनै साइटमा राख्दा के होला ? त्यो पनि कुनै सामान्य मान्छेको नभई हलिउड स्टारको ! यहाँ यस्तै एउटा समाचार बाहिर आएको छ । समाचारमा बताईए अनुसार हलिउड हस्ती मेगन फक्सले आफ्नो नाङ्गो फोटो अपलोड गरेको भन्दै एउटा मिडियालाई मुद्धा हालेकी छिन । साच्चै अचम्मकै हुन्छ सेलिब्रेटीहरुको जिन्दगि । रिल लाइफमा जस्तै रियल लाइफमा पनि उनीहरु बेला बेलामा स्क्यान्डल मच्चाई नै रहन्छन । सेलिब्रेटीहरुको हरेक अपडेट उनीहरुको फ्यानहरुको लागि खास बन्छ ।

 यसैले गर्दा कोहि चर्चामा आउन नाङ्गो फोटो नेटवर्किंग साइटमा अपलोड गर्छन त कोहि चाही अर्काले आफ्नो नाङ्गो फोटो अपलोड गर्यो भन्दै मुद्धा हाल्छन । हलिउड अभिनेत्री फक्सले भनेकी छिन, "मेरो अनुमतिबिना मेरो न्युड फोटो वेबसाइटमा अपलोड गरिएको छ जसले गर्दा म एकदमै निराश छु ।" उनले अगाडी भनेकी छिन, "बिना कुनै कुराकानी मेरो निजि तस्बिर प्रयोग गरिन्छ भने मा चुप बस्दिन । अझ उनको भनाइलाई मान्ने हो भने त छापिएको तस्विर पनि उनको ओरिजिनल नभएर फोटोसपको प्रयोग गरेर तोडमोड गरिएको छ ।

उता मेगनको तस्बिर छाप्ने वेबसाइटले भने आफ्नो मुद्धाको प्रतिबाद गर्दै भनेको छ, "हामी कुनै हालतमा मेगनको फोटो हटाउदैनौ । मिडिया स्वतन्त्र छ र हामी हाम्रो काम जारी राख्छौं । याद रहोस केहि दिन अघि मात्रै टम क्रुजले पनि छोरीलाई छोडेको समाचार गलत भएको भन्दै मानहानिको मुद्धा दायर गरेका थिए । जित कसको हुन्छ त्यो थाहा पाउन भने अब मुद्धाको फैसला कुर्ने पर्छ तर जे होस् हलिउडमा पनि मुद्धाको लहर आउन थालेको हो कि भन्ने अनुमान भने गर्न सकिन्छ

(Watch Video Clip- पुरा भिडियो हेर्नुहोस्)


No comments:

Post a Comment