Thursday, January 3, 2013

नाङ्गो फोटो यौटूबमा राख्दा के भयो ?


बिना कुनै पर्मिसन अर्काको नाङ्गो फोटो कुनै साइटमा राख्दा के होला ? त्यो पनि कुनै सामान्य मान्छेको नभई हलिउड स्टारको ! यहाँ यस्तै एउटा समाचार बाहिर आएको छ । समाचारमा बताईए अनुसार हलिउड हस्ती मेगन फक्सले आफ्नो नाङ्गो फोटो अपलोड गरेको भन्दै एउटा मिडियालाई मुद्धा हालेकी छिन । साच्चै अचम्मकै हुन्छ सेलिब्रेटीहरुको जिन्दगि । रिल लाइफमा जस्तै रियल लाइफमा पनि उनीहरु बेला बेलामा स्क्यान्डल मच्चाई नै रहन्छन । सेलिब्रेटीहरुको हरेक अपडेट उनीहरुको फ्यानहरुको लागि खास बन्छ ।

 यसैले गर्दा कोहि चर्चामा आउन नाङ्गो फोटो नेटवर्किंग साइटमा अपलोड गर्छन त कोहि चाही अर्काले आफ्नो नाङ्गो फोटो अपलोड गर्यो भन्दै मुद्धा हाल्छन । हलिउड अभिनेत्री फक्सले भनेकी छिन, "मेरो अनुमतिबिना मेरो न्युड फोटो वेबसाइटमा अपलोड गरिएको छ जसले गर्दा म एकदमै निराश छु ।" उनले अगाडी भनेकी छिन, "बिना कुनै कुराकानी मेरो निजि तस्बिर प्रयोग गरिन्छ भने मा चुप बस्दिन । अझ उनको भनाइलाई मान्ने हो भने त छापिएको तस्विर पनि उनको ओरिजिनल नभएर फोटोसपको प्रयोग गरेर तोडमोड गरिएको छ ।

उता मेगनको तस्बिर छाप्ने वेबसाइटले भने आफ्नो मुद्धाको प्रतिबाद गर्दै भनेको छ, "हामी कुनै हालतमा मेगनको फोटो हटाउदैनौ । मिडिया स्वतन्त्र छ र हामी हाम्रो काम जारी राख्छौं । याद रहोस केहि दिन अघि मात्रै टम क्रुजले पनि छोरीलाई छोडेको समाचार गलत भएको भन्दै मानहानिको मुद्धा दायर गरेका थिए । जित कसको हुन्छ त्यो थाहा पाउन भने अब मुद्धाको फैसला कुर्ने पर्छ तर जे होस् हलिउडमा पनि मुद्धाको लहर आउन थालेको हो कि भन्ने अनुमान भने गर्न सकिन्छ

No comments:

Post a Comment